News & Events»
विकास र सद्भावको लागि जातियताको नारा लगाउन नहुने कैलालीका प्रदेश सांसदहरुको भनाई

 टीकापुर २८ पुस, 

कैलालीका प्रदेश सांसदहरुले विकास र सद्भावको लागि जातियताको नारा लगाउन नहुने बताएका छन् । टीकापुरमा सम्वाद समुहले नवनिर्वाचित प्रदेश तथा प्रतिनिधि सभाको  सदस्यलाई स्वागत तथा बधाई कार्यक्रममा उहाँहरुले सो कुरामा जोड दिएका हुन् । 
कैलाली क्षेत्र नं. १ क बाट प्रदेशसभा सदस्य कृष्ण बहादुर चौधरीले बिग्रीएको सद्भावलाई निर्वाचनको परिणामले चिरी सकेको बताउंदै एक अर्काप्रति सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले विकासको लागि अवको दिनमा सबैजना मिलेर जानुको विकल्प नरहेको बताउनु भयो ।
 
सांसद चौधरीले टीकापुर प्रदेश मुकामको लागि उपयुक्त भएको तर्क रहेपनि सबैलाई पाएक पर्ने स्थान अत्तरिया मुकाम बनाउनुपर्ने बताउनुभयो । आफुहरु कुनै पनि हातलमा काठमाण्डौमा सपथ नलिने अडान राख्दै उहाँले प्रदेश नं. ७ को कुनै पनि स्थानमा शपथ ग्रहण गर्न तत्पर रहेको बताउनु भयो ।
 
 क्षेत्र नं. २  क का प्रदेश सभा सदस्य रतन थापाले जातियताको कारणले शोषण, द्धन्दमा  परिने भएकाले अबको दिनमा सबै जातजातिमा पारस्पारिक सम्बन्ध विस्तार गर्नुपर्ने बताउनु भयो ।
 
उहाँले अखण्ड तथा संघियताको आन्दोलनले प्रदेशको सिमाङ्कनमा फेरबदल भए फरक नपर्ने भएपनि देशको स्वाधिन्ता अखण्डताको बारेमा खलल पु¥याउन नहुने बताउनुभयो । टीकापुर घटना सिमित स्वार्थ र व्यक्तिको कारणले भएकाले टीकापुर घटनाका निर्दोषलाई रिहाइ गर्नु पर्ने र जनताले दिएको जनमतको सरकारले सम्मान गर्नुपर्ने बताउनु भयो ।
 
 क्षेत्र १ ख बाट समानुपातिक प्रदेश सभा सदस्य उमा बादीले विभेद नभई सकरात्मक रोचको विकास गर्नु पर्ने र सबै मिलेर बस्नु पर्ने बताउनु भयो ।
 
उहाले कुनै पनि वाहानामा टीकापुर घटना पुनः नदोहोरियोस भनेर सवै सँगको सहकार्यमा हातेमालो गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।
 
सम्वाद समुहका सदस्य जीतबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा छत्र मल्लले स्वागत गर्नुुभएको थियो भने जानकी गाँउपालिकाका उपाध्यक्ष उमा महतोले शुभकामना मन्तव्य राख्नु भएको थियो । सम्वाद समूह टीकापुरको आयोजनामा भएको कार्यक्रम संचालन सम्वाद समुहका संयोजक गणेश चौधरीले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (मानव धर्म)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • हाम्रो शिक्षा पुन प्रसारण08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • हेलो भन्निछीन आमा5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार