News & Events»
सरकारले वादी समुदाससंग गरेको सहमति कार्यान्वयका लागि पहल गर्ने प्रदेश सांसद उमादेवी वादीको भन

 टीकापुर २९ पुस, 

प्रदेश सांसद उमादेवी वादीले जातीय विभेद न्यूनिकरणका लागि पहल गर्ने बताउनुभएको छ । वादीले शनिबार टीकापुरमा पत्रकारसंग कुरा गर्दै लामो समयदेखि विभेदमा रहेको वादी समुदाय र दलित समुदायलाई समान व्यवहार गर्न पहल गर्ने बताउनुभएको छ । सांसद वादीले राज्यले गर्ने व्यवहार सुधार हुनुपर्ने बताउंदै वादी समुदायसंग सरकारले गरेको सहमति कार्यान्वयनका लागि दवाव दिने बताउनुभयो । 
सांसद वादीले टीकापुरको समग्र विकासका लागि सबैसंग मिलेर काम गर्ने बताउंदै यस क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताउनुभयो । उहांले टीकापुरको विकासका लागि आफ्नो क्षेत्रबाट सबै खाले सहयोग गर्ने बताउंदै आफू सांसद हुनुमा सबै क्षेत्रको उत्तिकै सहयोग रहेको बताउनुभयो । 
वादी समुदायबाट पहिलो सांसद बन्नुभएकी उमाले वादी समुदायको अधिकार, महिला अधिकार बालबालिकाको अधिकारका साथै विशेष वादी समुदायका महिलाले वाध्यताका रुपमा अंगाल्नु परिरहेको यौन पेशा अन्त्यका लागि आफूले गरेको आन्दोलनमा मिडियाको ठूलो साथ रहेको बताउंदै आउंदा दिनमा पनि सघाउन आग्रह गर्नुभयो ।
उहांले वादी समुदायमा जन्मिएकी आफूलाई नेपाली कांग्रेसले सांसद बन्ने अवसर दिएकोमा खुशी भएको बताउंदै नागरिकका अपेक्षा अनुसार यो क्षेत्रको विकासका लागि काम गर्ने बताउनुभयो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार