News & Events»
बाक्लो हुस्सुका कारण लम्की चुहा नगरपालिकाको स्याउले गुलरा नजिक दुई बस एकापसमा ठोक्किदा १९ जना घ

 लम्की २९ पुस, 

बाक्लो हुस्सुका कारण लम्की क्षेत्रमा दिन प्रति दिन सवारी दुर्घटना बढ्दै गएका छन । हुस्सुका कारण शनिवार बिहान पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा दुईवटा बस एकापसमा ठोक्किएका छन । 
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार अत्तरीयादेखि नारायणगढतर्फ जाँदै गरेको  ना ७ ख २२६ र टीकापुरदेखि धनगढी जाँदै गरेको ना ४ ख ५१३२ नम्बरको यात्रुबाहक बस लम्की चुहा नगरपालिका गुलरा नजिक ठोक्किएका हुन ।
दुर्घटनामा १९ जना घाईते भएका छन । जसमध्ये ११ जनालाई लम्कीस्थित लालरत्न अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरेको छ । रेफर हुनेमा चालकद्वय दिनेश बोहरा र प्रेम श्रेष्ठ रहेका छन् । त्यस्तै यात्रुहरु रञ्जु खड्का, हरिमान महतो, दानबहादुर बुढामगर, डम्बर कार्की, चेतराज जोशी, टीकाप्रसाद चौधरी र महेश महरालाई समेत रेफर गरिएको छ । केही घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (मानव धर्म)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • हाम्रो शिक्षा पुन प्रसारण08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • हेलो भन्निछीन आमा5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार