News & Events»
मेलमिलाप कर्ताहरुको लागी १ दिने न्याय सम्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

 टीकापुर २९ पुुस, 

साविक धनसिहंपुर र नारायणपुर गाविसका मेलमिलाप कर्ताहरुको लागी १ दिने न्याय सम्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । मानव अधिकार तथा सामाजिक विकास केन्द्र (हुराडु) टीकापुरको आयोजना तथा साझेदारी विकास परियोजना अन्तर्गत भएको कार्यक्रममा टीकापुर नगर प्रमुख ,उपप्रमुख,सबै वडाका वडा अध्यक्ष र मेलमिलाप कर्ता गरी ५१ जनाको सहभगिता थियो । 
कार्यक्रममा स्थानिय सरकार संचालन ऐन २०७४ अनसार टीकापुर नगरपालिकाको उपप्रमुखको संयाजकत्वमा रहेको न्यायिक समितिले आगामी दिनमा न्याय सम्पादन प्रकृया र मेलमिलाप कर्तांहरुलार्ई कसरी संमायोजन गरी लैजाने भन्ने विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा उपप्रमुख केशरी विष्टले आगामी दिनामा न्यायिक समितिलाई पुर्णता दिने,नगरसभाबाट कार्यविधी पारित गरी कार्यसम्पादन गर्ने लगायतका प्रतिवद्धता जनाउनु भयो । 
हुराड्का अध्यक्ष पर्शराम महतौको अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो भने उपप्रमुख केशरी विष्ट विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रमलाई अधिवक्ता प्रेमबहादुर शाही र परामर्सदाता चेतराज भाट्टले सहजीकरण गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (मानव धर्म)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • हाम्रो शिक्षा पुन प्रसारण08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • हेलो भन्निछीन आमा5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार