News & Events»
टीकापुर बहुमुखी क्याम्पसको १६ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न, पढेलेखेकाले श्रमलाई सम्मान गर

 टीकापुर २२ माघ,

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले श्रमलाई सम्मान गर्ने संस्कारको विकास हुन आवश्यक रहेको बताउनुभएको छ । उपाध्यक्ष रावलले टीकापुर बहुमुखी क्याम्पसको १६ औं बार्षिकउत्सव समारोह उद्घाटन गर्दै शिक्षा हासिल गरेकाहरुले श्रम प्रति घृणा गर्नु गलत भएको बताउंदै धेरै पढेकाहरुले देश छाडेमा देशलाई समृद्धितर्फ लैजान नसकिने बताउनुभयो । 
उपाध्यक्ष रावलले धेरै विदेशीहरु नेपाल आउंदा आफ्नो काम आफै गरेका देखेको बताउंदै नेपालको शिक्षा प्रणालीमा परिवर्तन गर्न आवश्यक रहेको र त्यसको प्रस्तावक आफू रहने बताउनु भयो ।
लामो समयदेखि यहाको जनताको मागका रुपमा रहेको खक्रौला भन्सारलाई मुल भन्सार बनाउने र सेति लोकमार्ग निर्माण गर्नेमा आफ्नो पूर्ण समर्थन रहने बताउनु भयो ।
 
प्रदेशसभा सदस्य डाक्टर रणबहादुर रावलले जवसम्म शिक्षा गुणस्तरीय हुदैन तवसम्म त्यसको काम नहुने भन्दै अवका दिनमा जुनसुकै शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनुभयो ।
 
कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख केशरबहादुर कुवरले क्याम्पसको चुनौतीका बारेमा जानकारी गराउनु भएको थियो । 
कार्यक्रममा चालु आर्थिक वर्षमा त्रिभूवन विश्व विद्यँलय कार्यक्रम अन्र्तगत ५ करोड, ६३ लाख, ३१ हजार, ४ सय ३९ रुपैया र प्लस टु कार्यक्रम तर्फ एक करोड ४८ लाख, ९१ हजार ५ सय १० रुपैया बराबरको आय व्यय सार्वजनिक गरीएको थियो । 
वार्षिकोत्सव कार्यक्रममा क्याम्पसका उप–प्राध्यापक शंकर प्रसाद शर्माले आफ्ना बुवा धनन्जय शर्माको सम्झनामा हरेक वर्ष प्रदान गरीदै आएको ७ हजार ५ सय ५५ रुपैया छात्र वृत्ति यो वर्ष स्नातक तह तेस्रो वर्षमा अध्यायनरत निरा चौधरीलाई प्रदान गरीएको छ । 
कार्यक्रममा सन्त निरंकारी मण्डलका अध्यक्ष नरबहादुर रावल, विरेन्द्र विद्यामन्दिर बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष नवराज रावल, पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति देवराज जोशी, कर्मचारी संघका सभापति ध्रुव रावल, स्वियू सभापति सुरेशप्रसाद शर्मा, विद्यार्थी नेता पहलसिंह धामी, धनराज कट्टेल, गणेश खड्का, पदमप्रसाद काफ्ले, नरेश गिरी लगाएतले मन्तव्य राख्नु भएको थियो । 
विद्यार्थी नेताहरुले क्याम्पसको अतिक्रमित जग्गा खाली गर्नुपर्ने, क्याम्पस व्यवस्थापन समिति गठनमा सबै विद्यँर्थीका अभिभावकहरुले भाग लिन पाउनु पर्ने माग राखेका थिए । 
कार्यक्रममा वार्षिकोत्सवको अवसरमा गरीएका विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरु र क्याम्पसका विभिन्न ईकाईमा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरीएको थियो । 
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नवलबहादुर खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष पूर्णबहादुर विष्टले गर्नु भएको थियो भने सञ्चालन उपप्राध्यापक रामप्रसाद तिवारी र सहायक प्राध्यापक उमाकान्त भण्डारीले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार