News & Events»
निर्र्वािचत हुने रावलको भनाई

धनगढी २२ माघ, 

प्रदेश नम्बर ७ को प्रदेश सभा शुरु भएसंगै नेपाली काँग्रेसमा प्रदेश संसदीय दलको नेता चयनका लागि चर्चा व्यापक बन्दै गएको छ । प्रदेश सभामा काँग्रेसका १२ जना सांसद रहेका छन् । काँग्रेस केन्द्रीय कार्यालयले प्रत्येक प्रदेशमा संसदीय दलको नेताका लागि केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।

प्रदेश संसदीय दलको नेताका लागि चर्चामा रहेका कैलाली क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावलले आफू सर्वसम्मत रुपमा निवाचित हुने विश्वास व्यक्त गर्नुभयोे । कांग्रेस नेता डाक्टर रावलले आफूलाई पार्टीका अधिकांस सांसदको समर्थन रहेको बताउनुभयो ।

उहांले कैलाली र कञ्चनपुरमा केही समययता सिर्जना भएको थारु तथा पहाडीबीचको विवादको तर्कपूर्ण निकासका लागि आफू सधैं गम्भीर र संवेदनशील रहेको बताउनुभयो । उहांले प्रदेश नम्बर ७ मा रहेको जातीय तथा क्षेत्रीय विविधतालाई एकतावद्ध बनाएर प्रदेशको तीब्र आर्थिक समृद्धि हामी सबैको लक्ष्य हुनुपर्ने बताउनुभयो ।

लामो समयदेखि राष्ट्रिय विकास परिषद्का सदस्यका रूपमा भूमिका निर्वाह गर्दै आएका नेता रावलले ७ नम्बर प्रदेशको समग्र आर्थिक समृद्धिका लागि आफूले राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा आर्जन गरेको अनुभवलाई उपयोग गर्ने बताउनुभयो ।

नेता डाक्टर रावलले प्रतिनिधि सभाका पाँच र प्रदेश सभामा १० सिट भएको जिल्ला कैलालीको प्रतिनिधि भएकाले मात्रै नभएर समग्र ७ नम्बर प्रदेशको आर्थिक विकासका साथै सबै पक्षबीच समन्वय र सन्तुलन मिलाउनका लागि आफूलाई संसदीय दलको नेताका रूपमा अवसर दिन कांग्रेस नेतृत्व तथा सांसदहरूमा आग्रह गनुृभयो ।

फिलिपिन्सबाट स्नातकोत्तर र भारतको देहरादूनबाट प्राकृतिक व्यवस्थापनमा विद्यावाधिरी गरेका डाक्टर रावलले जहिले पनि राज्यबाट विभेदमा पारिएको ७ नम्वर प्रदेशको तीब्र आर्थिक समृद्धिका लागि व्यापक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसको किल्ला मानिने कैलालीमा पछिल्लो निर्वाचनमा जिल्लाका प्रतिनिधि सभाका सबै पाँच सिट गुमाएको छ ।

१० वटा प्रदेश सभा सदस्य सिट रहेको कैलालीमा क्षेत्र नम्बर १ (ख) बाट डाक्टर रावल र क्षेत्र नम्बर ५ (ख) बाट डिल्लीराज पन्त मात्रै विजयी छन् । प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ ३२ सिट रहेको ७ नम्वरमा डोटीबाट भरतबहादुर खड्का र डडेल्धुराबाट कर्णबहादुर मल्ल विजयी छन् । कांग्रेसले समानुपातिक तर्फ आठ सिट जितेको छ ।

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार