News & Events»
लम्की चुहा नगरपालिकाको भवन निर्माण कार्य तिब्र, ७० प्रतिशत निर्माण कार्य सम्पन्न

 दुर्गा देवकोटा टीकापुर ,

लम्की चुहा नगरपालिकाको भवन निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । नगरपालिकाको २२ कोठे सुविधा सम्पन्न भवन निर्माण हुन थालेको हो । अहिलेसम्म ७० प्रतिशत निर्माण कार्य पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ । स्थानीय विकास मन्त्रालयको एक करोड र बांकी नगरपालिकाको गरी दुई करोड ६० लाख सहयोगमा भवन निर्माण गर्न थालिएको नगरपालिकाले जनाएको छ । भवन भुकम्प प्रतिरोधी, लिफ्टको व्यवस्था सहितको बनाउन थालिएको नगरपालिकाका शव इन्जिनियर योगेन्द्र मल्लले बताउनुभयो । नगरपालिकाका प्रमुख महादेव बजगाईले लम्की चुहा नगरपालिकाको भवन नहुंदा कार्य सम्पादनमा समस्या भइरहेको बताउनुभयो । उहांले विषयगत शाखाहरुका लागि कोठा अभाव रहेको बताउंदै अहिले नगरपालिका भाडामा घर लिएर संचालन भएको बताउनुभयो ।
नगर प्रमुख बजगाईले भवन निर्माण सम्पन्न भएमा काम गर्न सहज हुने बताउनुभयो । लम्की चुहा नगरपालिका वडा नं. २ स्थित निर्माणाधिन भवन तीन तला बनाउने नगरपालिकाको योजना छ । पहिलो बर्ष पहिलो तला बन्न थालेको हो ।
भवन निर्माणको ठेक्का श्याम सुन्दर साहु जेभी कन्ट्रक्सन धनगढीले पाएको छ । कम्पनीका डाइरेक्टर माधवप्रसाद पाण्डेले साउनबाट निर्माण शुरु गरेको बताउंदै १५ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको बताउनुभयो । पाण्डेले भवन समय अगावै निर्माण सक्ने बताउंदै नयां बर्षसम्म निर्माण सक्ने गरी काम गरिरहेको बताउनुभयो । श्याम सुन्दर साहु जेभी कन्ट्रक्सनले यसअघि टीकापुर नगरपालिकाको भवन पनि निर्माण गरेको थियो । कन्ट्रसनले ३ करोड ७० लाख लागतमा टीकापुर नगरपालिकाको तिन तले सुविधा सम्पन्न भवन पनि समय अगावै हस्तान्तरण गरेको हो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार