News & Events»
टीकापुर महोत्सव २०७४ शुरु, कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने पूर्व प्रधानमन्त्री तथा

 दुर्गा देवकोटा टीकापुर २५,

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब बन्ने सरकारले कृषिलाई नेपालको अर्थतन्त्रको आधार बनाउने बताउनुभएको छ । टीकापुरमा बिहिबारबाट शुरु भएको सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले नेपालको अर्थतन्त्रको जग कृषि भएकोले कृषिको आधुनिकीकरण र व्यवसायीकीकरण गर्ने बताउनुभयो ।
पूर्व  प्रधानमन्त्री नेपालले कृषिमै रोजगारीको ठूलो सम्भावना भएकोले कृषिको विकासमा सरकारको ध्यान जानुपर्ने बताउंदै मेहनत र बाटो देखाउने कुराको आवश्यकता रहेकोले सरकार र उद्योग वाणिज्य महासंघबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहांले नेपालीका घरमै मल, जमिन र पानी रहेकोले कृषिको विकास संगसंगै कृषिजन्य उद्योग विकासको ठूलो सम्भावना रहेको बताउंदै कृर्षिजन्य उद्योग स्थापनाका लागि राज्यले सुविधा र प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता नेपालले सबै युवा र नेपाली नागरिकमा उद्यमशिलताको विकास भएमा अर्थतन्त्रको विकास हुने बताउंदै आफू प्रधानमन्त्री हुंदा टीकापुरमा पोलिटेक्निक इन्सिच्युट, रानी जमरा कुलरिया सिचाई आयोजना लगायत विकासका पूर्वाधार खडा गरेको बताउंदै पोलिटेक्निक इन्सिच्युटकोे स्तर बढाउन आवश्यक रहेको बताउनुभयो । 
औद्योगिक, साँस्कृतिक, शौक्षिक कृषि एवम् पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ टीकापुरको आयोजनामा शुरु भएको महोत्सव उद्घाटन समारोहमा प्रदेश सांसद डाक्टर रणबहादुर रावल, रतन थापा, दिर्घ सोडारी, उमादेवी वादी, लगायत पूर्व सांसद, पूर्व मन्त्रीहरुको उपस्थिति थियो ।
आयोजक वाणिज्य संघले तीन सुत्रीय माग पूर्व प्रधानमन्त्री समक्ष राखेको छ । 
फागुन ६ गतेसम्म संचालन हुने महोत्सवमा ५ लाख मानिसले अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोवार हुने आयोजकको दावी छ । महोत्सव उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष परशुराम चपाईको अध्यक्षतामा भएको थियो । 
कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापा, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, नेकपा एमालेका प्रेम साउंद, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नेपबहादुर चौधरी, संघीय समाजवादी फोरमका दिनेश चौधरी, उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल, नागरिक समाजका संयोजक फिरुलाल चौधरी, शान्ति समाजका केन्द्रीय सचिव टेकबहादुर सार्की लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम संचालन महासचिव रामबहादुर भण्डारीले संचालन गरेका थिए । स्वागत उपाध्यक्ष राजेन्द्र शाहले गरेका थिए ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार