News & Events»
जानकी गाउंपालिकाको ९ नं. वडाका महिला स्वास्थ्य स्वयमसेवकलाई स्मार्ट फोन वितरण

 टीकापुर २५ माघ, 

स्वयम सेविकाका कामको मूल्यांकन गर्दै जानकी गाउपालिका वडा नम्बर ९ ले वडामा रहेका महिला स्वास्थ्य स्वयम सेविकालाई स्मार्ट मोबाईल वितरण गरेको छ । वडामा रहेका ११ जना स्वयमसेवीकालाई वडा कर्यालयले १ लाखा २१ हजार बजेट विनियोजन गरी स्यामसुङ्ग जे टु मोबाइल वितरण गरेको हो । 
वडामा निशुल्क रुपमा स्वास्थ सेवा दिदै आएका महिला स्वास्थय स्वयमसेविकालाई वडाको योजनामा थप गरि कार्यालय संचालनको बजेटबाट कतौटी गरी मोबाईल वितरण गरेको जानकी गाउपालिकका वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताउनुभयो । 
२०६० सालदेखी महिला स्वास्थ्य स्वयमसेवीका भएर काम गर्दै आएका स्वयम सेविकाले मोबाइल पाएपछि सहज हुने बताएका छन् । जानकी गाउपालिका वडा नम्बर ९का वडा अध्यक्ष खकेन्द्र भण्डारीको अध्यक्षतामा भएको मोबाइल वितरण कार्यक्रममा पुर्व सभासद सुकदैया चौधरी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा जानकी गाउपालिकाका वडा सदस्य कल्पना खड्का, शेर बहादुर सुनार, सुनकोशा सार्कि, समाजसेवी अबिलाल सलामीमगर, भक्त्तराज भाट, चन्द्रसिह गुरुङ्ग र झकर बम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन वडा कर्यालयका वडा सचिब प्रेम बहादुर बुढाले गर्नु भएको थियो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार