News & Events»
एमाले र माओवादी बिचको पार्टी एकता चाडै हुने नेता नोपलको भनाई, राजनितिक दलहरुले भाषण मात्र नगरी स

 टीकापुर २६ माघ, 

पूर्व प्रधानमन्त्रि तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसंग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने बताउनु भएको छ । आज टिकापुरमा एमाले क्षेत्र नं. १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हटदै नेपाल कम्युनिष्ट पार्टी मात्र रहने बताउनु भयो । 
उहाँले आफूहरु र जनताले पनि एउटै कम्युनिष्ट पार्टी कहिले बन्ला भनि प्रतिक्षारत रहेको बताउनु भयो । 
उहा“ले धेरै पार्टी हुनुभन्दा एउटै पार्टी बनेपछि जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने धारणा राख्नु भयो । नेता नेपालले दुई पार्टी बीच एकताको प्रयास भइरहेको बन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताउनु भयो । 
उहाले राजनितिक दलहरुले केवल भाषण मात्र नगरी समाजमा रहेको विकृति विसंगति पनि हटाउन पहल गर्नु पर्ने भन्दै आफ्नो पार्टीले यो अभियान पहिलेदेखि नै चलाएको बताउनु भयो ।
नेता नेपालले राजनीतिक दल वा व्यक्तिहरुले जातिय, क्षेत्रिय र भेगिय आधारमा जान खोजे त्यसले समाजलाई नराम्रो बाटो तर्फ डो¥याउने भन्दै त्यो भावना भन्दा माथि उठेर काम गरे देशको विकास हुने सुझाव दिनु भयो ।
क्षेत्रिय ईन्चार्ज प्रेम साउदको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सूर्यचन्द्र भट्टराईले गर्नु भएको थियो भने सञ्चालन शेरबहादुर साउदले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार