News & Events»
टीकापुर नगरपालिका स्तरीय २ दिने किशोर किशोरी मैत्री स्वास्थ्य अभिमुखिकरण कार्यक्रम नारायणपुर

 टीकापुर २८ माघ, 

किशोर किशोरी मैत्री स्वास्थ्य कार्यक्रम अन्र्तगत नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम कैलालीको नारायणपुरमा शुरु भएको छ । टीकापुर नगरपालिकाको आयोजनामा शुरु भएको दुई दिने अभिमुखिकरण कायक्रममा ३२ जना सरोकारवाला सहभागी छन् । 
नगरपालिका नगर प्रमुख तपेन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक तथा जिआइ जेडका पुष्करराज सिलवालले यो अभिमुखीकरण सिकाउनु भन्दा पनि मानिसलाई अनुभूत गराउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।
 किशोर अवस्थामा शारीरिक परिवर्तन र घर परिवार र सामाजिक रुपमा आउने दवावले उनीहरुको भूमिका फरक हुनसक्ने भएकोले सम्वेदनशिल हुनुपर्ने बताउनुभयो ।
जिआइ जेडको तथ्यांक अनुसार नेपालमा ७० लाख ८० हजार किशोर किशोरी छन् । २०६८ को जनगणना अनुसार कुल जनसंख्याको १९ प्रतिशत जनसंख्या १० देखि १९ बर्ष उमेर समूहका किशोर किशोरीको छ । जसमा नेपालमा १५ देखि १९ बर्षकाहरुको जनसंख्या बढी छ ।
टीकापुर नगरपालिकाका ८९ हजार ५ सय २६ जनसंख्या छ । जसमा १९ हजार ५ सय ३३ किशोर किशोरी छन् । उनिहरु मध्ये ९५ प्रतिशतले विद्यालयबाट शिक्षा लिएका छन् ।  जिआइ जेडको तथ्यांक अनुसार १५ देखि १९ बर्षका उमेर समूहका किशोरी किशोरी मध्ये १६ प्रतिशत किशोर र १ प्रतिशत किशोरी धुम्रपान गर्दछन् । 
१५ देखि १९ बर्षका उमेर समूहका किशोरी किशोरी मध्ये २७ प्रतिशत किशोरी र ६ प्रतिशत किशोरी विवाहित छन् । विवाह भएका मध्ये १५ प्रतिशतले मात्रै परिवार नियोजनको साधन प्रयोग गर्दछन् । ३५ प्रतिशतको परिवार नियोजन सम्बन्धी आवश्यकता पूरा गर्न नपाएकाहरु छन् । १५ देखि १९ बर्षका उमेर समूहका किशोरी किशोरी मध्ये एक हजार जनामा ८८ जना आमा २० बर्ष नपुग्दै बनिसकेका छन् ।
सय जना किशोरीमा १७ जना गर्भवती वा आमा बनिसकेका हुन्छन् । १५ देखि १९ बर्षका उमेर समूहका किशोरी किशोरी मध्ये ३४ प्रतिशत र किशोर ३९ प्रतिशत कुपोषित छन् । १५ देखि १९ बर्षका उमेर समूहका किशोरी किशोरी मध्ये ४४ प्रतिशतमा रक्तअल्पताको समस्या देखा परेको छ । १८ प्रतिशत किशोरी र २४ प्रतिशत किशाृेरले मात्रै एच आइ भी बारे पुर्णरुपमा जानेका छन् ।
जिआइजेडका पुष्करराज सिलवालले भन्नुभयो ‘बि.सं. १९९६ मा हजार किशोरीमा १२७ जनाले बच्चा जन्माइसकेका थिए । अहिले आएर सन् २०१६ मा ८८ जनाले बच्चा जन्माइसकेका छन् । यो विस्तारै घट्दै गएको छ तर अझै सचेतना फैलाउन आवश्यक छ । जुन २०११ लाई हेर्दा बढेको छ । 
२०११ म ७१ ज्ना थिए २०१६ मा फेरि बढ्यो । पोषणको अवस्था पनि सन् २०११ भन्दा चिन्ताजनक छ ।’ सिलवालले भन्नुभयो ‘कम उमेरमा विवाह र गर्भाधारण गर्ने, लागूपदार्थको सेवन, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, हिंसा, कुपोषण, यौन तथा एचआइभीसंक्रमण जस्ता किशोरी किशोरीमा देखिने स्वास्थ्य समस्याहरु हुन् ।’
सिलवाले यिनै कारणले उनीहरुको तत्काल भविष्यमा असर पार्छ र उनीहरुको विकास हुन नसक्ने बताउनुभयो । ‘कक्षा ६ देखि १२ सम्म ३२ लाख २० हजार ५० विद्यार्थी किशोर किशोरी विद्यालयमा छन् । घरभन्दा पछि धेरै समय बिताउने ठाउं विद्यालयमा भएकोले विद्यालयको वातावरण राम्रो नभएमा उनीहरुको स्वास्थ्यमा नराम्रो असर गर्छ ।’ उहांले थप्नुभयो ।
तथ्यांक अनुसार १० देखि १४ बर्ष उमेर समूहका १३ प्रतिशत किशोरी किशोरी सरकारी स्वास्थ्य संस्थामा समस्या लिएर जान्छन् । २० देखि २४ बर्षका २० प्रतिशत, १५ देखि १९ बर्षका १० प्रतिशत मात्रै जान्छन् ।उनीहरु समुदाय स्तरमा हुने चुनौति, स्वास्थ्य संस्थामा हुने र नीतिगत चुनौतिका कारण उनीहरु स्वास्थ्य संस्थामा आउंदैनन् ।स्वास्थ्य संस्थामा उपचार लिन जांदा पारिवारीक कुरा सोध्ने चलन छ जसले गर्दा उनीहरु खुल्न चाहदैनन् ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक बलबहादुर रावलले सरकाले २०६८ सालदेखि नै प्रत्येक स्वास्थ्य संस्थालाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था बनाउने अभियान शुरु गरेको बताउंदै कैलालीका १३ वटा स्वास्थ्य संस्थामा ५ बर्ष अघिबाट कार्यक्रम लागु भएको बताउनुभयो । रावलले टीकापुरमा पनि यो कार्यक्रम लागू भएको बताउंदै किशोर किशोरीका समस्या र चुनौतिबारे छलफल गरी योजना बनाउने बताउनुभयो ।
 
उद्घाटन कार्यक्रम समापन गर्दै नगर प्रमुख रावलले किशोर किशोरीका समस्या पहिचान गरी उनीहरुका समस्या समाधानका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
 
किशोर किशोरीमा समस्याबारे छलफल गरी योजना समेत बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम स्वास्थ्य सह संयोजक कमल रावलले संचालन गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार