News & Events»
टीकापुर ०१ फागुन,
टीकापुर महोत्सवमा आज ५ लाख, ३२ हजारको टीकट विक्री भएको छ । आज मात्र १५ हजारले महोत्सव अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । मंगलबारसम्म महोत्सवलाई ४० हजारले अवलोकन गरीसकेको पनि आयोजकले जानकारी दिएको छ ।
आज राजनराज शिवाकोटी, रिता केसी, चक्र बम, टंक तिमिल्सीना, धु्रव विस्को लगाएतका कलाकारहरुले आ आफ्नो प्रस्तुति देखाएका थिए ।
औद्योगिक, साँस्कृतिक, शौक्षिक कृषि एवम् पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना भन्ने मुल नाराका साथ शुरु भएको महोत्सवमा विज्ञान प्रदर्शनी कृषि प्रर्दशनी, थारु गाउ, रमाइलो मेला लगाएको आकर्षण रहेको छ । माघ २५ गतेबाट शुरु भएको महोत्सव यही फागुन ६ गतेसम्म चल्नेछ ।