News & Events»
टीकापुरमा महोत्सवमा रहेको थारु गाउंमा दर्शकको संख्या बढ्दै, थारु खानपान र संस्कृति झल्कने सामग

टीकापुर ०२ फागुन,

थारु सँस्कृती संरक्षणका लागी भनेर टीकापुर महोत्सव भित्र छुट्टै थारु गाँउ निर्माण गरिएको छ । थारु गाँउमा प्रवेश हुनेवित्तिकै थारुपनको आभाष पाउन सकिन्छ । 
टीकापुर महोत्सव भित्र रहेको थारु गाँउको अवलोकन गरिसकेपश्चात टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दिर्घ ठकुल्लाले थारुहरुको संस्कृती झल्कने सामाग्री, खानपान र दैनिक जीवनमा प्रयोगमा आउने सामाग्रीहरु देख्न पाएको प्रतिक्रिया दिंदै थारु गाँउ भित्र रहेको थारु संग्रहालय आफुलार्ई सबैभन्दा  बढी मन परेको बताउनुभयो । 
 
थारु गाँउमा थारु संस्कृतिको सँगसँगै थारु परिकार खान पाइने ब्यवस्था पनि मिलाइएको छ । थारु कला प्रदर्शनका लागी छुट्टै मन्च पनि निर्माण गरिएको भएपनि पुराना मौलिक गितहरु र नाचहरु प्रदर्शन गर्न सकेको भए थारु गाँउमा अझै रौनकता थपिने हुने बताउनुहुन्छ धनसिंहपुरका कृष्णगोपाल चौधरी । 
थारु गाँउमा थारुका परिकार ढिक्री, घोंघी, बयरको चटनी लगायतका खान सकिन्छ । त्यस्तै थारुहरुको विवाहमा बेहुली अन्माउन प्रयोग गरिने डोली, दुलाहालाई बोक्न प्रयोग गरिने चन्डोल, बालीहरुको रेखदेख गर्न प्रयोग हुने अँटवा, लगायतका सामाग्रीहरु देख्न सकिन्छ । 
थारु कलाको संरक्षणका लागी थारु गाँउभित्र छुट्टै मञ्चको व्यवस्था गरिएको छ । मञ्चमा आधुनिक थारु गितहरुसँग मनोरञ्जन गर्न सकिन्छ । पुराना मौलिक खालका नाँच र गितहरु विस्तारै लोप हुँदै गैरहेको र तयारीका लागी समय लाग्ने भएकोले तत्कालै थारु गाँउमा देखाउन नसकिएको थारु गाँउका अध्यक्ष भागीराम चौधरीले बताउनुहुन्छ । 
उहाँले आर्थिक अभावका कारण पनि धेरै सामाग्रीहरुलाई प्रदर्शनमा राख्न नसकिएको भएपनि थारु गाँउ हेर्न आउने दर्शकहरु सन्तोषजनक नै भएको बताउनुहुन्छ । 
थारु गाँउ भित्र प्रवेश गरिसकेपछी थारु संस्कृतिको बारेमा देख्न सकिन्छ । थारु गाँउ हेर्न आउने दर्शकहरुले थारु सँस्कृती नजिकबाट नियाल्न सकिन्छ । थारुहरुको पहिरन लेहङ्गा, चोलिया, ढकिया, ढकली, डेल्वा, डोक्नी लगायतका सामाग्रीहरुलाई किनबेच गर्न सकेको खन्डमा थारु सँस्कृतीको संरक्षणको सँगै आम्दानीमुलक बनाउन तिर पनि थारु गाँउका अगुवाहरुले ध्यान दिने हो की ? 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार