News & Events»
प्रदेश नं. ७ मा मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

 टीकापुर ०२ फागुन, 

प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आज आह्वान गर्नुभएको छ । 
  प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रकाशित सूचनामा नेपालको संविधानको धारा १६८ को उप धारा–१ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत रहेको नदेखिएकाले उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थन स्पष्ट देखिने गरी मुख्यमन्त्रीमा नियुक्त हुन यही फागुन ४ गते दिउँसो ११ बजेभित्र प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न आह्वान गरिएको उल्लेख गरिएको छ । 
  प्रदेश प्रमुखको आह्वानपछि सम्भवतः आजै वा भोलि बिहानसम्म नेकपा (एमाले) र माओवादी केन्द्रको बहुमत सांसदको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरियोस् भन्ने दाबी पेश गर्ने तयारी गरिएको छ । 
  एमालेका प्रदेश सांसद प्रकाश शाहले एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दाबी पेश हुन लागेको  जानकारी दिनुभयो । प्रदेश नम्बर ७ मा एमालेका २५ माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद हुनुहुन्छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार