News & Events»
कैलाली पर्यटकीय क्षेत्रका रुपमा विकास हुदै, कर्णाली नदीमा चिसापानी देखि टीकापुर सम्म ¥याफ्टिङम

 छपिलाल चौधरी टीकापुर २२ फागुन, 

कैलाली पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको छ । कैलाली जिल्लामा आउनेहरु चिसापानी घुमघाम संगै कर्णाली नदीमा चिसापानी देखि टीकापुरसम्म ¥याफ्टिङ यात्रा र टीकापुर पार्कमा घुम्न रुचाउन थालेका छन् । गर्मीको समयमा ¥याफ्टिङको आनन्द लिनेहरुको संख्यामा समेत बृद्धि हुने गर्दछ । विभिन्न संघ संस्था र समूहका मानिसहरु ¥याफ्टिङमा रमाउन आउने गर्दछन् ।
सुरक्षित आप्रवासन परियोजना सामीका कैलाली जिल्लाका सम्पुर्ण कर्मचारीहरु र पत्रकारसहितको टोलीले कर्णालीको चिसापानीदेखी टीकापुर सम्मको ¥याफ्टीङ गरेको छ । 
कर्णाली चिसापानीदेखी टीकापुर पार्कसम्म २८ किलोमिटर ¥याफ्टीङ सयर गरिसकेपछी आफ्नो अनुभव सुनाउँदै पत्रकार प्रकाशविक्रम शाहले ¥याफ्टीङको प्रचार प्रसार गर्न आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटकहरुसँगै बाह्य पर्यटकहरुलाई आकर्षण गर्न सकिने बताउनुभयो । 
सुरक्षित आप्रवासन परियोजना सामीका सँयोजक पञ्चराम चौधरीलाई पनि ¥याफ्टीङले मन आनन्द बनायो । ¥याफ्टीङमा सयर गर्दैगर्दा देखिने प्राकृतिक दृष्यहरुले आनन्द दिएपनि बिचबिचमा विश्रामका लागी विश्राम गृहहरु भैदिएको भए पर्यटन विकासमा अझै सहयोग पुग्ने उहांको सुझाव छ ।  
¥याफ्ट आनन्द लिनेहरु कर्णाली नदी किनारको दृश्य लोभलाग्दो भएको बताउंछन् । उनीहरु ¥याफ्टीङले भरपुर आनन्द दिएको बताउंदै नदीमै ढलेका रुखहरुका बिचबाट गुज्रिनुपर्दा भने अलि डर लाग्ने गरेको प्रतिक्रिया दिन्छन् । ¥याफ्टीङ यात्रामा आउनेसक्ने चुनौतिलाई चिर्न सुरक्षाको ब्यवस्था पनि गर्नुपर्ने शान्ति चौधरीको सुझाव छ । 
कर्णाली, भेरी, सेती देखी चिसापानी तथा टीकापुर पार्कसम्म २०६९ सालदेखी निरन्तर ¥याफ्टीङ कार्य गरिरहनुभएका कर्णाली ¥याफ्टीङ एण्ड एडभेन्चर प्रा.लि.का सँचालक विश्नुप्रसाद जैशीले ¥याफ्टीङका क्रममा विभिन्न वन्यजन्तुहरु, बालुवामा सुन चालेको दृष्यहरु, माछा मारेका लगायतका दृष्यहरु देख्न सकिने बताउँदै यस क्षेत्रमा पर्यटकिय क्षेत्र धेरै रहेपनि त्यसलाई भित्राउनका लागी खासै पहल नभएकोका दुःख जनाउँदै सबैले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुहुन्छ  । 
नेपालमा प्राकृतिक विविधता सँगै पर्यटकिय क्षेत्रहरु धेरै भएपनि विभिन्न कारणहरुले गर्दा पर्यटकिय क्षेत्रको विकास हुन नसकेको देखिन्छ । कर्णाली नदीमा पनि ¥याफ्टीङ मार्फत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरि आम्दानीको स्रोत बढाउन तिर सम्बन्धित निकायहरुले सोंच्न जरुरी देखिन्छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार