News & Events»
टीकापुरमा महिला दिवस मनाउने तयारी

 दुर्गा देवकोटा टीकापुर २३ फागुन,

अन्तरराष्ट्रिय श्रमिक महिला दिवस टीकापुरमा संयुक्त रुपमा मनाइने भएको छ । टीकापुर नगरपालिकाको आयोजनामा टीकापुर क्षेत्रका सबै संघसंस्था मिलेर संयुक्त रुपमा कार्यक्रम गर्न थालेका हुन् । 
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम कसरी मनाउने भन्नेबारे छलफल भएको हो । श्रमिक महिला दिवसको अवसरमा प्रभातफेरि, रक्तदान, छात्रबृत्ति वितरण लगायतका कार्यक्रम हुने भएका छन् । 
नगरपालिकाले कार्यक्रमबारे बुधबार सरोकारवालासंग छलफल गरेको छ । नगरपालिकाको अगुवाईमा आयोजना गरिने कार्यक्रममा बिहिबार सबै संघसंस्था आ–आफ्नो संस्थाको ब्यानर सहित सहभागी हुने सहमति भएको छ । कार्यक्रम अघि बिहिबार बिहान १० बजे टीकापुरको भानुचोकबाट प्रभातफेरि शुरु भइ पुनः भानु चोकमा गएर सभामा परिणत हुने कार्यक्रम छ ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुब्रराज आचार्य लैगिकताको सवाल प्रमुख रुपमा उठिरहेको बताउंदै स्थानीय सरकार सबै सवाललाई एकिकृत रुपमा सम्बोधन गरी समातामूलक विकासका लागि अघि बढ्ने बताउनुभयो ।
श्रमिक महिला दिवसलाई महिला जागरूकता दिवसका रुपमा मनाइन्छ । ८ मार्चका दिन यो कार्यक्रम विश्वभर मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको यो कार्यक्रममा हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरूमा बहस गर्न थालिएको छ । यो बर्ष आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने नाराका साथ मनाउन थालिएको छ ।
बाल कल्याण संघका व्यवस्थापक नयनतारा श्रेष्ठले बाल कल्याण संघ र दिगो विकास महिला संजाल मिलेर रक्तदान कार्यक्रम गर्ने तयारी गरेको बताउंदै सबै मिलेर गरे राम्रो हुने बताउनुभयो ।
टीकापुर नगरपालिकाले जनप्रतिनिधि आइसकेपछि पहिलो पटक आफ्नै नेतृत्वमा कार्यक्रम गर्दैछ । नगर प्रमुख तपेन्द्र रावलले जनप्रतिनिधि निर्वाचित भएपछिको पहिलो कार्यक्रम भएकोले कार्यक्रममा सहभागी भएर सफल बनाइदिन सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
श्रमिक महिला दिवस सर्वप्रथम् १९०९ फेबु्रअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइने गरिन्छ ।
पछिल्लो समय नेपालमा पनि विभिन्न महिला समूहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महिला दिवस मनाउने गरिएको छ । 
प्रशासकीय अधिकृत रन्जु आचार्यले संचालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका उपमेयर केशरी विष्ट, महिला अधिकारकर्मी कलावति स्वांर, ललिता सुनार, केशरी सोडारी, कृष्णा भण्डारी, ललिता शाही, बह्मकुमारी विश्वविद्यालयका सिता दिदी लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार