News & Events»
औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

 टीकापुर २४ फागुन, 

‘आर्थिक शसक्तीकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जिवनस्तर रुपान्तरण भन्ने मुल नाराका साथ देशैभरि श्रमिक महिला दिवस मनाइएको छ । टीकापुर नगरपालिकाको आयोजनामा पनि १०८ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस प्रभातफेरी सहीत विभीन्न कार्यक्रम गरी मनाइएको छ ।
 
श्रमिक महिला दिवसकै अवसरमा टीकापुर वडा न  ६ र ७ का सक्रिय महिला सञ्जाल र दिपज्योती महिला संजालको संयुतm आयोजनामा वृद्धवृद्धा र टीकापुर वडा न ६ र ७ का जनप्रतिनिधिलाई दोसल्ला ओडाएर सम्मान गरेका छन् । सक्र्रिय महिला सञ्जालका अध्यक्ष अम्बीका कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालीकाका नगर प्रमुख तपेन्द्र रावल प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि वडा न ७ का वडा अध्यक्ष रामलाल डगौरा थारु र वडा न ६ का वडा अध्यक्ष बलिराम चौधरी त्यस्तै डल्फीन संरक्षण केन्द्र का भोजराज ढुङ्गाना नेपाल रेडक्रश उपशाखा शक्तिका टोप ब केसी उज्यालो बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष शेयर सिंह रिजाल लगायतले बोलनुभएको थियो ।
निराशा परियारले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन धनसरा कोईरालाले गर्नुभएको थियो ।
यस्तै टीकापुरमा नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले पनि नारी दिवस मनाएको छ । जिल्ला अध्यक्ष मिना साउंदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सेना रहनुभएको थियो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार