News & Events»
नेपाली भूमिमा भारतीय नागरिकको बस्ती, बस्ति खालि गर्न पहल चालिने नगर प्रमुख तपेन्द्र रावलको भनाई

 टीकापुर २६ फागुन, 

टीकापुर नगरपालिकाको वडा नं. ८ र ९ स्थित नेपाली भूमिमा भारतीय नागरिकका द्ुई वटा बस्ती बसेका छन् । वडा नं. ९ को मोहना पुल पारी ९ घर र वडा नं. ८ को चौगुर्दीमा २६ घर गरि ३५ घरको छुट्टा छुट्टै दुई वटा भारतीय नागरिकका बस्ती बसेका हुन् । 
 स्थानीय नागरिकहरुले भारतीय नागरिकबाट रकम लिएर बस्ती बसालेको गुनासो छ । सिमा क्षेत्रका ऐलानी जग्गा भएको र स्थानीयले भारतीयलाई बेचेर धमाधम बस्ती बस्न थालेपछि नेपाली भुमी कब्जा हुने देखिन्छ । 
यसरी नेपाली भुमी भारतिय नागरिकले कब्जा गरी बस्ती बस्न थालेपछि हटाउनु पर्ने स्थानीयले माग गदै आएका छन् । शनिवार टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल लगायत कालाकुण्डा प्रहरी चौकीका ईन्चार्ज रघुनाथ भण्डारी र पत्रकारको टोलीले भारतीयले कब्जा गरि बसेका बस्तीको अनुगमन गरेको छ । 
नगर प्रमुख रावलले नेपाली भुमीमा भारतीय नागरिकको बस्ति बस्नु अस्वभाविक र निन्दनिय भएको बताउनुभयो । रावलले बस्ती खाली गर्न नगरपालिकाले छिट्टै पहल चाल्ले बताउनु भयो । उहांले नेपाली भुमी कब्जा गरि बसेका र सरकारी जमिन कब्जा गरि बसेकाको खोजि गरि तत्काल खालि गराईने तयारीमा नगरपालिका रहेको बताउनुभयो । 
त्यस्तै, सिमा क्षेत्रसम्म कालोपत्रेको योजना दशजगा क्षेत्रभित्र परेको भन्दै भारतीय पक्षले अवरोध गरेको छ । कालोपत्रेका लागि तयारी भइरहंदा भारतीय पक्षले दशजगा क्षेत्र परेको भन्दै अवरोध जनाएको हो ।
उता, भारतीय पक्षले मोहना पुलपारी लामो समयदेखि पसल संचालन गरी बसिरहेका नेपाली नागरिकलाई भारतको भूमि हो भन्दै खालि गर्न निर्देशन दिएका छन् । भारतीय एसएसबीले दश गजा क्षेत्रभित्र र भारतिय भुमि भएको भन्दै खालि गर्न १५ दिनको समय दिएको छ । नेपालले बनाउन लागेको कालोपत्रे सडकको केहि भाग दशगजा क्षेत्रभित्र परेको भन्दै कालोपत्रेको काम पनि अवरोध हुने देखिन्छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार