News & Events»
समाजसेवी मोहनबहादुर रावलद्वारा ५ लाखको मोहन प्रतिभा अक्षयकोष स्थापना, हरेक बर्ष पत्रकार, अभिभा

 टीकापुर २६ फागुन, 

समाजसेवी मोहनबहादुर रावलले मोहन प्रतिभा अक्षयकोष स्थापना गर्नुभएको छ । बृद्ध सेवा समिति टीकापुरको १८ औं साधारण सभामा अक्षयकोष स्थापना गरेको घोषणा गर्नुभएको हो । 
समाजसेवी रावलले ८७ बर्ष पुगेको उपलक्ष्यमा जेष्ठ नागरिकका हितमा कलम चलाउने एकजना पत्रकार, अभिभावकको राम्रो हेरचाह गर्ने एक दम्पत्ती र विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रत्येक बर्ष अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सम्मान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरेको बताउनुभयो । रावलले ५ लाखको चेक बृद्ध सेवा समितिलाई हस्तान्तरण समेत गर्नुभएको हो । 
रावलले यसअघि पनि सत्ती बजारमा प्रतिक्षालय, टीकापुर बसपार्कमा प्रतिक्षालय, मल्लिका विद्यापिठ गुरुकुलमा दुई कोठे पक्की भवन, गुरुकुलमा अध्ययनरत बटुकलाई बर्षेनी पोशाक र शुल्क सहयोग, बल्चौरमा गौशाला निर्माण लगायतका कार्यमा सहयोग गर्नुभएको छ । रावलले साहित्यीक विकासका लागि अक्षयकोष स्थापना गरी नर राजु मोबरा साहीत्यीक कोष समेत खडा गरिदिनु भएको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार