News & Events»
जानकी गाँउपालिकामा अपाङगता परिचय पत्र वितरण घुम्ती शिविर, ७४ जनाले लिए अपाङगता परिचय पत्र

 दिल बहादुर चौधरी टीकापुर २७ फागुन, 

जानकी गाँउपालिकामा अपाङगता परिचय पत्र वितरण घुम्ती शिविर संचालन भएको छ । शिविरम   ८०  जना व्यक्तिले  विभिन्न वर्गको  अपाङगता परिचय पत्र  लिएका ।
जानकी गाँउपालिका वडा नं. ३ का लक्षि राम भुल अहिले ३६ वर्षको हुनु भयो । २ सन्तानको बुवा समेत बन्नु भएका लक्षी राम मानसिक रुपमा परिपक्क भए पनि शारिरीक रुपमा अशक्त हुनुहुन्छ । जन्मदा राम्रै भए पनि उमेर बढदै जादा मात्र आफु अपाङग भएको थाहा भएको उहाँले बताउनु भयो । आफु १ एक वर्षको हुदा उभिन र  हिड्न नसक्ने भएपछि  आफु शारिरीक रुपमा अशक्त हुदा शारिरीक चेकजाँच गर्दा पोलियोले भई अपाङग बनेको उहाले बताउनु भयो । अपाङग भए पनि अहिले सम्म अपाङगता  परिचय पत्र समेत उहाँ लिनु भएको थिएन् । अपाङगता परिचय पत्रको फाइदा बारे अनविज्ञता र बनाउन धनगढी जानु पर्ने झन्झटिलो भएकाले आफुले अहिले सम्म परिचय पत्र नलिएको   बताउनु भयो ।  अपाङगता भएका व्यक्तिलाई सहजताको लागि  गाँउपालिकामै  अपाङगता परिचय पत्र वितरण घुम्ती शिविरले   ‘ख’ वर्गको परिचय पत्र पाउदा  उहाँले खुशी महशुसे गर्नु भयो ।
दुर्गाैलीकै बिरबल थारु शिक्षण पेशा पश्चात  दुर्गौली गाँउको बडघर बन्नु भयो ।   ५ वर्ष बड्घर सम्हालि सकेका थारुले  २ वर्ष पहिला अचानक रक्तचापको कारण विरामी हुनु भयो । अहिले पुर्ण अशक्त बन्नु भएको छ । बोल्न तथा हिडडुल  गर्न सक्नु हुन्न उहाँ । घर परिवारको साहारामा अहिले जिवनयापन गर्दै आउनु भएको छ ।  चौधरीले औषधी उपचारमा लार्खौ खर्चेर सेवा लिए रहनु भएको छ । अपाङगता परिचय पत्र वितरण घुम्ती शिविरमा उहाँले ‘क’ वर्गको परिचय पत्र पाउनु भएको छ । परिचय पत्र प्राप्त गरे सँगै अव उहाँको उपचारमा सहयोग पुग्ने उहाँको परिवारको अपेक्षा छ ।
जानकी गाँउपालिकामा आइतबार संचालन भएको  अपाङगता परिचय पत्र वितरण घुम्ती शिविरमा उहा जस्तै विभिन्न व्यक्तिहरु अपाङगता परिचय पत्र प्राप्त गरेका छन । अपाङगता परिचय पत्र वितरण घुम्ती शिविरमा ८० जनाले विभिन्न वर्गको परिचय पत्र प्राप्त गरेका छन ् । शिविरमा  
 
‘क’ वर्गका  ७ जना, ‘ख’ वर्गका ३३ जना ‘ग’ वर्गका ३९ जना र घ वर्गको १ जनाले परिचय पत्र प्राप्त गरेका छन् । 
अहिले  सम्म  जानकी गाँउपालिकामा मात्र  दिगो विकास समाज भजनीको सहयोगमा  ६ सय जनालाई अपाङगता परिचय पत्र वितरण भैसेकेको छ । दिगो विकास समाज भजनी कैलाली  ,महिला तथा बालबालिका कार्यालय र जानकी गाँउपालिकाको सहयोगमा  जानकी गाँउपालिकाका २ वर्षको अवधिमा ४ पटका अपाङगता परिचय पत्र वितरण घुम्ती शिविर संचालन भई उक्त मात्रामा परिचय पत्र वितरण गरिएको हो । अहिले पनि अधिकांस अपाङग भएका व्यक्तिले परिचय पत्र नलिएको र परिचय पत्र बनाई सरकारको सेवा सुविधाको पहुचमा पु¥याउने उद्देश्यले अपाङगता सम्बन्धि सचेतना फैलाउदै अपाङगता परिचय पत्र वितरण घुम्ती शिविरलाई निरन्तरता दिइ रहेको दियो विकास समाज भजनीका कार्यकारी अधिकृत लक्ष्मीदत्त भट्टले बताए ।
२०६८को जनगणना अनुसार कैलालीमा १५ हजार अपाङग व्यक्ति रहेको तथ्याङ्क रहे पनि अपाङगता जिल्ला समन्वय समितिको  कैलालीको तथ्याङमा १२ हजार ५ सय व्यक्ति अपाङग रहेका छन ् । अहिले सम्म ६ सय ९० जना क वर्गको  २ हजार ५ सय ख वर्गको  ३हजार २ सय ग वर्गको र अन्य ४ वर्गको  व्यक्तिलाई अपाङगता परिचय पत्र वितरण भैसकेको छ  । अपाङगता व्यक्तिको परिचउ पत्रका आधारमा सरकारले क वर्गलाई  २ हजार, ख वर्गलाई ८ सय र अन्यलाई सेवा सुविधामा ५० प्रतिशत छुट दिने गरेको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार