News & Events»
टीकापुर घटनाका अभियुक्तहरूद्वारा आठौं दिनमा अनशन स्थगित

 धनगढी २८ फागुन, 

कैलाली कारागारमा रहेका टीकापुर घटनाका अभियुक्तहरूले आज आठौँ दिनमा अनशन तोडेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अनशनकारीमध्येका लाहुराम चौधरीलाई जुस खुवाएर अनशन तोडाउनुभएको हो । 
अनशनकारीले राखेका माग सम्बोधनका लागि सम्बन्धित निकायमा पु¥याउनेलगायत विषयमा सहमति भएपछि अनशन तोड्न सहमत भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । 
कैलाली निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई विजयी भएको प्रमाणपत्र दिई शपथ ग्रहणको व्यवस्था गर्नुपर्ने, टीकापुर घटनामा थुनिएकालाई लगाइएको मुद्दा फिर्ता लिनुपर्ने, थरुहट संघर्ष समितिले राखेका माग सम्बोधन हुनुपर्नेलगायत माग राखेर पुर्पक्षका लागि कारागारमा रहेका २४ जनाले यही फागुन २० गतेदेखि कारागारमै अनशन थालेका थिए । 
अनशनकै क्रममा बिरामी परेका रेशमलाल चौधरीको थप उपचार आवश्यक रहेको भन्दै सेती अञ्चल अस्पतालले सिफारिस गरेपछि उहाँलाई दुई दिनअघिमात्रै काठमाडौँ पु¥याइएको थियो । 
दुई वर्षअघि टीकापुरमा भएको हिंसात्मक घटनामा आठजना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:45 pm- 7:00 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार