News & Events»
टीकापुर ४ मा सञ्चालित एक महिने होजीयारी तालिम सम्पन्न, तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर

 टीकापुर ०३ चैत्र, 

टीकापुर नगरपालिका वडा नम्बर ४ ले सञ्चालन गरेको महिलाहरुका लागि एक महिने होजीयारी तालीम आज समापन गरीएको छ । तालिम समापन कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले यो सिप सिकाईको शुरुवात भएकाले यसलाई दिगो पार्न निरन्तरता दिन आग्रह गर्नु भयो ।
प्रमुख रावलले राम्रो काम गर्नेका लागि सहयोग गर्न नगरपालिका तत्पर रहेको भन्दै आफूले पाएको प्रमाण पत्र शिरानी तल नराखी सिकेका कुराहरुलाई व्यवहारमा उर्तान आग्रह गर्नु भयो । 
कार्यक्रममा बोल्दै उपप्रमुख केशरी विष्टले धन सम्पती चोरी हुन सक्ने भन्दै सिकेको सिप कसैले चोर्न नसक्ने त्यो जिन्दगी भरी रहने बताउनु भयो ।
नगरपालिकाका प्रशासकीय प्रमुख ध्रुवराज आचार्यले स्थानीय तहले नागरिकहरुलाई आत्मनिर्भर बनाउने कीसीमका विभिन्न कार्यक्रमहरु सञ्चालन गरीरहेको जानकारी दिदै यो तालिमको समापन नभई सिप प्रयोगको शुरुवाती भएको बताउनु भयो ।
तालिमको समापन गर्दै वडाअध्यक्ष लालविर चौधरीले तालिममा सिकेको सिपलाई प्रयोगमा ल्याउन आग्रह गर्दै वडा कार्यालयले जिविकोपार्जनका विभिन्न कार्यक्रमहरु लयाईरहेको बताउनु भयो ।
वडा सदस्य रुपमति चौधरीले स्वागत गर्नु भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, प्रशिक्षक लक्ष्मि चौधरी, वडा सदस्य तुलसा विक, तालिममा सहभागि दुर्गा उपाध्यायले मन्तव्य राख्नु भएको थियो । 
समापन कार्यक्रमको सञ्चालन रामभजन चौधरीले गर्नु भएको थियो । कार्यक्रममा तालिमका सहभागिहरुलाई प्रमाण पत्र र अथितिहरुलाई मायाको चिनो प्रदान गरीएको थियो । 
वडा नम्बर ४ को एक लाख ५० हजारको लागतमा सञ्चालन भएको होजियारी तालिममा २ समुह गरी ५१ जना महिलाहरुको सहभागिता रहेको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • हेलो भन्निछीन आमा पुन प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार