News & Events»
प्रदेश सांसद उमादेवी वादी सामाजिक न्याय राष्ट्रिय पुरस्कारबाट सम्मानित, एक लाख नगद र सम्मानपत्

 टीकापुर ०६ चैत्र,

प्रदेश सांसद उमा वादी ‘सामाजिक न्याय राष्ट्रिय पुरस्कार’ बाट सम्मानित हुनु भएको छ । दलित मुक्ती आन्दोलनमा योगदान पु¥याएको भन्दै दलित महिला केन्द्र नेपालले सांसद वादीलाई सम्मान गरेको हो । 
यो पुरस्कार सामाजिक न्याय र दलित सशक्तीकरणका लागि सङ्घर्षरत व्यक्ति, संस्था वा आन्दोलनलाई हरेक दुई वर्षमा प्रदान गरिन्छ । उमा वादीलाई नेपालका सीमान्तकृत समुदायहरू, तिनमा पनि विशेषतः दलित समुदायको सामाजिक न्याय, सम्मानित जीवन र उज्जवल भविष्यका लागि दिइएको योगदानबापत यो पुरस्कार वितरण गरिएको हो । 
काठमाण्डौको भृकुटी मण्डपमा मंगलबार भएको कार्यक्रममा उहालाई गृहमन्त्रि रामबहादुर थापाले १ लाख नगद र सम्मान पत्र सहित सम्मान गर्नुभएको हो । 
पुरस्कार प्राप्त पछि सांसद उमा वादीले सामाजिक न्यायका लागि नयां प्रेरणादायी काम गरिरहेका व्यक्ति, संस्था र आन्दोलनबीच सहयोग एवं सहकार्यका लागि सक्रीय रहेर काम गर्ने बताउनुभयो ।
सांसद वादीले विभिन्न समयमा स्थानीय स्तरदेखि केन्द्रिय स्तरसम्म दलित आन्दोलनको अगुवाई गर्नुभएको थियो । टीकापुर नगरपालिकाको सत्तिमा बस्दै आउनु भएकी उहा“ टीकापुरस्थित सामुदायिक सहयोग समितिको अध्यक्ष समेत हुनुहुन्छ । सामुदायिक सहयोग समिति सामुदायिक रेडियो टीकापुर एफएमको आजिवन सदस्य समेत रहेको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार