News & Events»
जननेता गिरिजा प्रसाद कोइरालाको ८ औं स्मृति दिवसमा देशभरी कार्यक्रम, टीकापुरमा बजार सरसफाई गरिय

 टीकापुर ०७ चैत्र, 

जननेता गिरिजा प्रशाद कोइरालाको ८ औं स्मृति दिवस बुधवार देशभर मनाइएको छ । नेपाली कांग्रेस र तिनका भातृ संस्थाले देशभर बिभिन्न कार्यक्रम गरी कोइरालाको स्मृति दिवस मनाएका हुन् । जननेता कोइरालाले नेपालको राजनीति र देशमा पु¥याउनुभएको योगदानको चर्चा पनि भएको छ । 
यसै क्रममा कैलालीमा विभिन्न कार्यक्रम भएका छन् । कैलाली क्षेत्र नम्बर १ ले कोइरालाको स्मृति दिवसमा टीकापुर बजार सरसफाई कार्यक्रम गरेको छ । सरसफाई कार्यक्रममा कांग्रेस नेताहरु पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, पूर्व सांसद गंगाबहादुर कुंवर, महासमिति सदस्य फकिरसिंह कडायत लगायतका नेता, नेविसंघका नेता तथा विद्यार्थी सहित सशस्त्र प्रहरी बल उग्रतारा गणका प्रहरीको समेत सहभागिता रहेको थियो । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको सरसफाई अभियान सामुदायिक रेडियो टीकापुर एफएम हुंदै खडक चौकमा गएर समापन भएको थियो । समापन पछि पूर्ब उर्जा राज्य मन्त्री एबं नेपाली कांग्रेसका पूर्ब केन्दीय सदस्य भट्टराईले गिरिजा प्रशाद कोइरालाले ८४ बर्षको उमेर सम्म यो राष्ट्रका लागि योगदान दिएको बताउनुभयो । 
यसैगरी जोशिपुरमा नेपाल तरुण दलले स्मृति दिवस पारेर प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सह–संयोजक बीरु चौधरीले नेपाली कांग्रेसका हरेक कार्यकर्ता यो कठिन अवस्थालाई सबै एकजुट भएर सामना गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस कैलालीका पूर्ब उपसभापति बीर बहादुर हमालले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो । तरुण दलका सभापति सन्तोष पौडेलको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा पूर्ब सांसद बुद्धिसागर चौधरी र क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले संंगठनका साथ साथै पार्टीमा शुद्धिकरण रहेको बताउनुभयो । कार्यक्रममा साबिक ३ का क्षेत्रीय सभापति जीवन श्रेष्ठ र बिजय श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा स्वागत रेजिना बडायक र संचालन हिक्मत कठरियाले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार