News & Events»
टीकापुर नगरपालिकाको वडा नं. ७ मा रेडियो कार्यक्रम हाम्रो कृषिको कृषक तथा सरोकारवाला सँग छलफल,कि

 टीकापुर २६ चैत्र, टीकापुर नगरपालिकाको वडा नं. ७ मा रेडियो कार्यक्रम हाम्रो कृषिको कृषक तथा सरोकारवाला सँग छलफल कार्यक्रममा किसानले उत्पादित कृषि उपजको बजारीकरणको लागि व्यवस्था हुनु पर्ने बताएका छन । उनीहरुले वडामा उत्पादिन कृषि उपजलाई वडामा मात्र नभई बजार सम्म पु¥याउन सके राम्रो आम्दानी हुने बताएका छन ्।

किसान देबी क्षेत्रीले आयोजना तथा वडा स्तरबाट हुने कृषि सहयोग उपयुक्त समयमा दिनु पर्ने बताउनु भयो । विना सिजन तालिम बीउ वितरण गरे त्यसको कुनै अर्थ नरहने बताउनु भयो ।
किसान माया चौधरीले किसानलाई बैठक भत्ता भन्दा सबैलाई समेटने गरि कृषि तालिम दिए किसान लाभान्वित हुने बताउनु भयो ।
रानी जमरा कुलरिया सिचाई आयोजना कृषि तर्फका कोडिनेटर कुल प्रसार तिवारीले व्यवसायिक रुपमा खेती गर्ने  लगनशिल किसानलाई आयोजनाको सहयोग रहेको बताउनु भयो  । उहाँले  आयोजनाको सिचाई प्रणाली सँगै सिचाईको प्रयोग गरि कृषि उत्पादनकत्व वृद्धि गर्ने उद्देश्यले आयोजनाको कृषि तर्फले किसानलाई कृषि कार्य, प्रविधि, यान्त्रिकरण, बजारीकरण लगाएत कार्यक्रम सहयोग गरिरहेको बताउनु भयो । उहाँले व्यवसायिक रुपमा खेती गर्ने किसानहरु प्रस्ताव सहित आयोजनामा आए मागको आधारमा छनौट गरि सहयोग गर्ने बताउनु भयो ।
वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगौराले वडामा रहेका किसानले कृषि उत्पादकत्व वृद्धि गर्नु पर्ने बताउनुभयो । वडामा रहेका विभिन्न कृषकलाई यसवर्ष ८ लाख बराबरको कृषि कार्यक्रममा रकम विनियोजन कार्यक्रम भैरहेकोले कृषिमा उन्नती प्रगति भए आगामी दिनमा कृषकको हितमा थप कार्यक्रम ल्याउने बताउनु भयो ।
सामुदायिक रेडियो टीकापुर एफएमको आयोजना तथा रानी जमरा कुलरिया सिचाई आयोजना कृषि तर्फको सहयोगमा भएको कार्यक्रममा १८ वटा कृषक समुहको सहभागिता रहेको थियो ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार