News & Events»
संघीय मन्त्रीपरिषद्मा प्रदेश नं. ७ बाट सहभागिता नगराइएको भन्दै नेकपा एमाले प्रदेश नं. ७ संगठन कम

 धनगढी २६ चैत्र, 

नेकपा एमाले प्रदेश नं. ७ संगठन कमिटीले संघीय मन्त्रीपरिषद्मा कुनै पनि पदमा प्रदेश नं. ७ बाट सहभागिता नगराइएको भन्दै आपत्ति जनाएको छ ।
संगठन कमिटीको चैत २३ देखि २६ गतेसम्म धनगढीमा बसेको बैठकले प्रदेश नं. ७ बाट एमालेका २५ जना प्रतिनिधिसभा सदस्य भएपनि संघीय सरकारमा प्रतिधित्व नगराइनु अन्यायपूर्ण रहेको ठहर गरेको हो । बैठकले सोमबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी यस प्रदेशबाट संघीय सरकारमा तत्काल यथोचित र न्यायोचित प्रतिनिधित्व गराउन समेत माग गरेको छ ।
बैठकले प्रदेश नं. ७ को आर्थिक र व्यापारिक केन्द्रको रुपमा रहेको धनगढीसंग जोडिएको भारतीय गौरीफण्टा नाका बन्द नगर्न र यसलाई अझै सुविधायुक्त बनाउँदै लैजान माग गरेको छ । साथै भारतले गौरीफण्टा नाकालाई एकतर्फी रुपमा बन्द गर्न लागेको ठहर गर्दै भारत सरकारसंग कुटनीतिक वार्ता गर्न सरकारसंग माग गरेको छ ।
घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको भ्रत्र्सना गर्दै आक्रमणकारीलाई कारबाही गर्न पनि माग गरेको छ । मेयरमाथि झुठा लाल्छना लगाएको पनि एमालेले ठहर गरेको छ ।
घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको कुटपिटको घटनाको विरोध गर्दै एमालेले त्यस्ता घटना नदोहरिन दिन कानुन पालना गराउन प्रदेश सरकारसंग माग गरेको छ । अत्यधिक मदिरा सेवक र कुप्रथाको वशमा परी महिलामाथि गरिने आक्रमण, कुटपिट र दुव्र्यवहारको विरोध गर्दै एमालेले यस्ता क्रियाकलाप रोक्न संघीय र प्रदेश सरकारसंग माग गरेको छ ।
एमालेले प्रदेश नं. ७ को पहाडी भेगमा परेको असिनापानी र चट्याङ्गको कारण बाली नष्ट भएका किसानहरुलाई आर्थिक सहायताको व्यवस्था गर्न पनि संघीय र प्रदेश सरकारसंग माग गरेको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार