News & Events»
बेलायतमा टीकापुरका सुरेन्द्र उम्मेदवार

 टीकापुर २६ चैत्र, 

टीकापुर ५ का सुरेन्द्र ढुगांना बेलायतमा हुने स्थानीय निकायको काउन्सिलर पदका लागि छनौट हुनुभएको छ । मे ३, २०१८ अर्थात २०७५ साल बैसाख २० गते हुने निर्बाचनका लागि त्यहाको सत्ताधारी पार्टीबाट ढुगांना काउन्सिलर पदको उम्मेदवार हुने जनाइएको छ । उहां स्थानीय तहका लागि उम्मेदवार बन्न लाग्नुभएको हो । ढुगांना यो अवसर पाउने सुदुरपश्चिममै पहिलो नेपाली हुनुहुन्छ । उहां दुई बर्ष देखि इलिङ नर्थ भन्ने ठाउ“का कन्जरभेटिभ पार्टीका उपप्रमुख समेत हुनुहुन्छ । उहां तीन बर्ष अघि कन्जरभेटिभ पार्टीमा आबद्ध हुनुभएको हो । 
बेलायतमा केन्द्र र स्थानीय गरी दुई वटा सरकार हुन्छ । बिश्वलाई प्रजातन्त्रको बारेमा सिकाउने बेलायतमा स्थानीय सरकार पनि त्यत्तिकै बलियो मानिन्छ । सत्ताधारी पार्टी कन्जरभेटीभ बाट बयस्टन चर्चिल, मार्गरेट थ्रेटर, जोहन मेजर, डेबिड क्यामरुन प्रधानमन्त्री भएका छन् । १७ बर्ष अघि एमबीए र त्यसपछि पीएचडी गर्न बेलायत गएका टीकापुर युवा सुरेन्द्र यतिखेर आफ्नो कामसंगै सामाजिक काममा लाग्नुभएको छ । उहांले सन २००९ मा सिए पनि पास गर्नुभयोे । यतिखेर उहांले १ देखि चौथो ग्रेडको अडिटरको रुपमा काम गर्दै आउनुभएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार