News & Events»
सहकारी संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण, टीकापुर नगरपालिकालाई ७३ सहकारी हस्तान्तरण

 धनगढी २६ चैत्र, 

सहकारी डिभिजन कार्यालय कैलालीले कैलालीमा क्रियाशिल सहकारी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । सहकारी डिभिजन कार्यालयले टीकापुर नगरपालिकालाई ७३ वटा सहकारी हस्तान्तरण गरेको छ । अब सहकारी दर्ता देखि अनुगमन, दर्ता खारेज लगायतका सबै कार्य स्थानीय तहबाटै हुने भएका छन् । उता, डडेल्धुरामा पनि जिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 
जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो । 
डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सहकारीलाई सातवटा स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टलेले ती सहकारी स्थानीय तहलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासनिक अधिकृतलाई सहकारी अभिलेख हस्तान्तरण गर्नुभएको हो ।
चौंतीस सहकारी अमरगढी नगरपालिकालाई, २८ परशुरामलाई, नवदुर्गालाई २८, गन्यापधुरालाई २३, अजयमेरुलाई २२, आलिताललाई २० र भागेश्वरलाई १७ वटा सहकारी हरूतान्तरण गरिएको सहकारी डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले जानकारी दिनुभयो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • हेलो भन्निछीन आमा पुन प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार