News & Events»
सिकलसेल रोग परिक्षण शिविरमा २ सय ४५ जनाकोे रगत जांच

 टीकापुर २६ चैत्र, 

टीकापुर नगरपालिकाको आयोजनामा सिकलसेल रोग परिक्षण सम्बन्धि शिविर भएको छ । वडा नं. ९ स्थित सेति मैया माध्यमिक विद्यालय झुङ्गामा भएको परीक्षण शिविरमा २ सय ४५ जनाले रगत जांच गरेका छन् । शिविरमा ५ सय ७० जनाले उपचार सेवा लिएका छन् । शिविर घोडाघोडी अस्पतालको प्राविधिक सहयोगमा भएको हो । शिविर भोलि मंगलबार  त्रिभूवन माध्यमिक विद्यालय वसन्तामा हुनेछ । स्वास्थ्य शाखाका संयोजक बलबहादुर रावलले रोगबारे जानकारी दिनुभएको थियो । ९ नं. वडाका अध्यक्ष लौटन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख केशरी विष्ट प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, स्वास्थ्य चौकी धनसिंहपुरका इञ्चार्ज सकुन्तला रोकाया लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा सचिव लोकबहादुर बुढाले संचालन गर्नुभएको थियो ।
 सिकलसेल रोग परिक्षणका लागि हात खुट्टा, जोर्नी, पेट दुख्ने, बारम्बार रक्त अल्पता हुने, जण्डिस देखा पर्ने, चक्कर आउने, कमजोरी महशुस हुने बिरामीहरुले शिविरमा आई सेवा लिन नगरपालिकाले आग्रह गरेको छ ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार