News & Events»
टीकापुरमा वडा नं. ०१ को आयोजनामा वडा स्तरीय आयोजना संचालन एवम् व्यवस्थापन सम्बन्धी तालिम, योजना

  टीकापुर २९ चैत्र, 

कैलालीको टीकापुरमा आयोजना संचालन एवम् व्यवस्थापन सम्बन्धी उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिइएको छ । तालिममा सहजीकरण गर्दै टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रबराज आचार्यले नगरपालिका कार्यालयले योजना निर्माण कार्य समयमै सक्ने बताउंदै विकास निर्माणका कार्यमा उपभोक्ता समितिलाई जिम्मेवार हुन आग्रह गर्नुभयो ।
    कार्यक्रममा इन्जिनियर नवराज जोशीले उपभोक्ता समितिका पदाधिकारीलाई समयमा काम नगरे, लापरवाही गरे, भ्रष्टाचार गरेमा कारवाही हुने व्यवस्था रहेको बताउंदै उपभोक्ता समितिका पदाधिकारीले समेत योजना निर्माणमा गल्ती गरेमा सरकारी वागी सहर असुल हुने समेत व्यवस्था रहेका कारण जिम्मेवार भएर विकासका कार्यमा कटिबद्ध हुन आग्रह गर्नुभयो । 
उहांले विकासका कार्य गुणस्तरीय र दिगो बनाउन पारदर्शितामा समेत जोड दिनुपर्ने बताउनुभयो । जोशीले उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक कुरा, आवश्यक पर्ने कागजात र योजना निर्माण गर्न गरिएका व्यवस्थाबारे जानकारी दिनुभयो । नगरपालिका कार्यालयले यतिखेर आर्थिक बर्ष२०७४÷०७५ का योजना कार्यान्वयनका लागि योजना निर्माण समितिका पदाधिकारीलाई तालिम दिन थालेको हो । उपभोक्ता समितिलाई योजना निर्माण कार्य शुरु गर्नुअघि नै तालिम दिइन्छ । 
नगरपालिकाबाट विनियोजित योजना तथा वजेटबाट आम उपभोत्तालाई प्रत्यक्षरुपमा लाभान्वित होस् भन्ने उद्देश्यले तालीमको आयोजना गरिएको ०१ नं. का वडा अध्यक्ष गंगाराम आचार्यले बताउनुभयो ।
तालिममा योजना तथा कार्यक्रम सम्झौता गर्दा चाहिने आवश्यक कागजात, योजनाको अनुगमन एवं मूल्यांकन, योजनाको जा“चपास, फरफारक र हस्तान्तरण, योजनाको सार्बजनिक परीक्षण योजनाको रकम निकासा एवं झुत्तानी प्रकृयाबारे सिकाइएको हो । 
तालिममा उपभोक्ता समितिको गठन एवं काम, कर्तव्य र अधिकार, योजनाको अनुगमन एवं मूल्यांकन, योजनाको सार्वजनिक परीक्षण, योजना सञ्चालन एवं प्राविधिक पक्ष, रकम निकासा एवं भुक्तानी प्रकृया, योजना सम्झौता गर्दा चाहिने आवश्यक कागजातहरु बारे जानकारी दिइएको छ । 
तालिमलाई प्रमुख प्रशासकीय अधिकृत धु्रबराज आचार्य, इन्जिनियर नवराज जोशी, नविन ओझा, लेखा अधिकृत नरेन्द्र सन्याल लगायतले सहजीकरण गर्नुभएको हो । कार्यक्रममा निर्माण उपभोक्ता समितिका दुई दुई जना पदाधिकारी गरी ५० जना सहभागी थिए । यसअघि नगरपालिकाले फागुन २८ गते नगरपालिका स्तरीय ठूला योजनाका उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • हेलो भन्निछीन आमा पुन प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार