News & Events»
कैलालीको पहलमानपुरमा प्रदेश ७ कै सबैभन्दा ठूलो चिस्यान भण्डार बन्ने

 धनगढी २९ चैत्र, 

कैलालीको पहलमानपुरमा प्रदेश ७ कै सबैभन्दा ठूलो चिस्यान भण्डार बन्ने भएको छ । प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार भण्डारको शिलान्यास गर्नुभयो । ३ हजार मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता रहेको चिस्यान केन्द्रको अनुमानित लागत ११ करोड ७६ लाख १९ हजार सात सय रुपैयाँ रहेको निर्माणकर्ता कम्पनीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन प्रालिले निर्माण गर्न लागेको सो चिस्यान भण्डार निर्माणका लागि रिज्मको २ करोड ९९ लाख ८९ हजार रुपैयाँ अनुदान रहेको कम्पनीका अध्यक्ष रामबहादुर रावतले बताउनुभयो । यस प्रदेशमा हाल दुई हजार मेट्रिक टन क्षमताको सुसन्दीप कोल्ड स्टोर र डडेल्धुरामा एक हजार मेट्रिक टनको उग्रतारा शीत भण्डार सञ्चालनमा छन् । सिलन्यास कार्यक्रममा मन्त्री बोहराले निजी क्षेत्रबाट निर्माण तथा सञ्चालन हुने चिस्यान भण्डारले प्रदेश सरकारको कृषिमा आत्मनिर्भर र प्रदेश समृद्धिको यात्रामा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयोे ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार