News & Events»
बोर्डर लाइन पब्लिक स्कूल बैदीको अभिभावक भेला

 टीकापुर २९ चैत्र, 

बोर्डर लाइन पब्लिक स्कूल टीकापुर ७ बैदीको अभिभावक भेला भएको छ । संस्थापक प्रिन्सिपल छविलाल जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा ७ नं. वडाका अध्यक्ष रामलाल डगौरा थारुले बाढीको जोखिममा रहेको ठाउंमा पनि बोर्डर लाइने अग्रेजी शिक्षा विकासमा योगदान दिएको बताउनुभयो । उहांले शैक्षिक विकासमा पनि बोडर लाइन अग्रपंक्तिमा रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले विद्यालयले संख्यात्मक र गुणात्मक दुबै बृद्धि गर्न सफल हुनुले पनि विद्यालय सफल भएको बताउनुभयो । उहांले विद्यालयलाई भौतिक रुपमा पनि सुविधासम्पन्न बनाउन तर्फ ध्यान जानुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ७ का वडा सदस्य यामलाल जैसी, संस्थापक यज्ञ प्रसाद न्यौपाने, रेडक्रस नारायणपुरका सभापति टोपबहादुर केसी, विद्यार्थी सांैगात कोइराला, रोहित ओड लगायतले मन्तब्य राख्नुभएको थियो । प्रिन्सिपल रामबहादुर सिजालीले स्वागत गर्नुभएको कार्यक्रममा विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ । कार्यक्रममा विद्यार्थीको नजिता समेत प्रकाशन गरिएको छ । २०६४ सालमा स्थापना भएको विद्यालयले कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई ६ महिना शुल्क मिनाह र विद्यालय प्रथम हुनेलाई बार्षिक शुल्क मिनाहको व्यवस्था गरिएको छ । विद्यालयले कम्प्युटर शिक्षा समेत दिने गरेको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार