टीकापुर ३० चैत्र,
टीकापुर नगरपालिकाले यसबर्ष सडक बर्षका रुपमा विकास गरिरहेको छ । नगरपालिकाका सबै वडामा सडक खोल्ने, सडक विस्तार गर्ने र अतिक्रमण हटाउने कार्य जारी छ । नगरपालिकामा जनप्रतिनिधि आएपछि समग्र नगरपालिकाले पहिलो बर्ष बाटोको ट्रयाक खोल्ने कार्य गरिरहेको छ । टीकापुरको ७ नं. वडाले पनि वडाका सबै बाटाहरु ४० फुटका बनाउन थालेको छ ।
७ नं. वडाले हुलाकी मार्ग देखि जानकी गाउंपालिका हुंदै लम्की चुहान नगरपालिकासंग जोड्ने कृषि सडक विस्तार शुरु गरेको छ । यो बाटो कालोपत्रे भएमा लम्की खक्रौला बाटोको बैकल्पीक बाटोको रुपमा प्रयोग गर्न सकिनेछ । यो बाटो विस्तारमा जानकी गाउंपालिका र लम्की चुहा नगरपालिकाले पनि तिब्रता दिएका छन् ।