News & Events»
टीकापुर ३० चैत्र,
सकुम्बासीको हैसियतमा बसीरहेका बर्दियाको राजापुर नगरपालिकाका दुई सय जनाले लालपुर्जा पाएका छन् । ६० वर्षदेखि सो क्षेत्रमा बस्दै आएकाहरूलाई आधिकारिक रूपमा भुमीको अधिकार प्रदान गरिएको बताईएको छ । बहाल बिटोरी समितिको समन्वयमा कृषि भुमी व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले लालपुर्जा वितरण गर्नु भएको हो ।
सरकारले गरिब तथा भुमीहिनहरूको अधिकारलाई स्थापित गराउने उद्देश्यका आधारमा लालपुर्जा वितरण गरिएको राज्यमन्त्री चौधरीले बताउनु भयो । नेपाली जनताको भुमीप्रतिको अधिकारमा सरकार सधै सजग रहने भन्दै मत्रि चौधरीले अहीलेको सरकार भुमिहिन, गरिब र किसानका पक्षमा काम गर्नका लागि नै गठन भएको टीप्पणी गर्नु भयो ।