News & Events»
नयाँ बर्षको आगमनसंगै टीकापुर पार्क आउने पर्यटक बढे, पहिलो दिन २ लाख ८० हजार रुपैया राजश्व संकलन

 दुर्गा देवकोटा  टीकापुर ०१ बैशाख,

 
कैलाली जिल्लाको कर्णाली नदी किनारमा अवस्थित टीकापुर पार्कमा नयां बर्ष शुरु भएसंगै पर्यटक बढेका छन् । पार्कको मर्मत सम्भारपछि पार्क पनि निकै सुन्दर देखिएको छ । टीकापुर पार्कमा नयां बर्षको पहिलो दिन १४ हजार आन्तरिक तथा बाह््य पर्यटकले पार्क अवलोकन गरेका छन् । आज पहिलो दिन पार्कमा पर्यटकबाट २ लाख ८० हजार रुपैया राजश्व संकलन भएको छ ।
पार्कलाई व्यवस्थित गर्न गुरुयोजना बनाएर अघि बढिरहेको टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले बताउनुभएको छ ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रबराज आचार्यले पार्कमा आउने पर्यटकको सहजताका लागि ठाउं ठाउंमा टिकट पाइने व्यवस्था सहित नगरपालिकाका सबै कर्मचारी खटाएको बताउनुभएको छ । 
यतिखेर टीकपाुर पार्कमा गुलाब फूलेर सौन्दर्यता बढाएको छ । पार्कमा झण्डै ४० प्रकारका गुलाब छन् । पार्कमा धेरै कम स्थानमा देख्न मिल्ने कालो रंगको गुलाब सहित राता, पहेला, सेतो, हरियो, बैजनी रंगका थुप्रै गुलाब देख्न सकिन्छ ।
टीकापुर पार्क ८४ विगाह क्षेत्रफलमा फैलिएको छ । पार्कलाई मुख्य गरी तीन भाग महेन्द्र आरोग्य गृह, विरेन्द्र विश्राम बाटिका र फलफूल बगैचामा विभाजन गरिएको छ ।
तत्कालिन राजा महेन्द्रले स्वास्थ्य लाभ गरेपछि यसलाई पार्कका रुपमा निर्माण गरिएको हो । पार्क निर्माणमा तत्कालिन मन्त्री खड्गबहादुर सिँह लगायतको मुख्य भूमिका रहेको छ । यो पार्क लामो समय तत्कालिन टीकापुर विकास समितिको मातहतमा थियो ।
टीकापुर विकास समिति विघटन भएपछि पार्कको सबै जिम्मेवारी टीकापुर नगरपालिकामा सारिएको छ । २०६४ सालदेखी नगरपालिकाले पार्कको संरक्षण गर्दै आएको छ । 
नयाँ वर्ष, दशै तिहार जस्ता चाडपर्वको समयमा बढी पर्यटक आउने गरेका छन् । यतिखेर नयां बर्ष शुरु भएपछि आज पहिलो दिन पार्कमा पर्यटक बढेका छन् । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार