News & Events»
प्रदेश नं. ७ को सरकारको नीति तथा कार्यक्रममा खक्रौला नाका नपरेपछि स्थानीयको विरोध, प्रदेश सांसद

 दुर्गा देवकोटा टीकापुर ०२ बैशाख,

प्रदेश नं. ७ को सरकारको नीति तथा कार्यक्रममा खक्रौला नाका नपरेपछि स्थानीयले आवाज उठाउन थालेका छन् । कैलालीको क्षेत्र नं. १, २ र ३ का जनप्रतिनिधिहरु, राजनीतिक दल तथा स्थानीय अगुवाले खक्रौला नाका नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै विरोध जनाएका हुन् । 
टीकापुर विकास मञ्चको आयोजनामा टीकापुरमा आज आयोजित कार्यक्रममा नीति तथा कार्यक्रममा खक्रौला नाकालाई समेट्न मागसहित ७ नं. प्रदेशका प्रमुख समक्ष डेलिगेशन जाने निर्णय भएको छ । क्षेत्र नं. २ का प्रदेश सांसद रतन थापाको नेतृत्वमा १, २ र ३ नं. क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सहित प्रदेश प्रमुख समक्ष डेलिगेशन जाने भएका हुन् ।  विकास मञ्चका अध्यक्ष नवराज रावलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश सांसद डाक्टर रणबहादुर रावलले जति धेरै नाका भयो त्यति धेरै बजेट आउने भएकोले नाका घटाउनु भन्दा बढाउनु नै फाइदा हुने भएकोले खक्रौलालाई मूल नाका बनाउंदा कसैलाई घाटा नहुने बताउनुभयो ।
प्रदेश सांसद रतन थापाले आफूहरुले फास्ट ट्रयाकमा काम गरेको बताउंदै लेख्दा छुटेको हुनसक्ने भन्दै नीतिगत भएमा लफडा हुने र छुटेको भए सच्याउनु पर्छ भन्दै दवाव दिएकोले सच्याउन दवाव दिने बताउनुभयो । उहांले आफूले खक्रौलालाई मूल भन्सार बनाउन पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद हरि ज्ञवाली अखण्डले कसैले चाहदैमा कटाउने, केही मानिसको चाहना अनुसार काम गरेमा विकास नहुने बताउनुभयो ।
 
कार्यक्रममा लम्की चुहा नगरपालिकाका प्रमुख महादेव बजगाई, टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट, कांग्रेस नेता फकिरसिंह कडायत, समाजसेवी रंगराज ढकाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, माओवादी केन्द्रका खडक शाह, जनमोर्चाका तिलक परियार, नयां शक्तिका हरि तिमिल्सिना, समाजसेवी उदराम अधिकारी, केशरबहादुर कुंवर, मोतिराम भण्डारी, पत्रकार मातृका तिमिल्सिना, योगेश रावल लगायतले बोलनुभएको थियो । कार्यक्रम दयाराम सञ्यालले संचालन गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार