News & Events»
व्यक्तिगत घटना दर्ता दिवस मनाइयो

 दुर्गा देवकोटा  टीकापुर ०२ बैशाख,

विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गर्दै टीकापुर नगरपालिकाले व्यक्तिगत घटना दर्ता दिवस मनाइएको छ । नेपालमा वि.स २०६७ सालदेखि हरेक वर्षको बैशाख १ गतेदेखि विभिन्न व्यक्तिगत घटना दर्ताको महत्वको बारेमा सचेत गराउनका लागि यो दिवस मनाउने गरिएको हो । टीकापुर नगरपालिका ०१ नं. वडामा २०७२ साल र अन्य वडाहरुमा २०७४ सालबाट अनलाइनमा घटना दर्ता शुरु भएको हो । 
जन्म, मृत्यू विवाह, सम्बन्धविच्छेद, बसाईसराई जस्ता व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन दिवसका अवसरमा बैशाख महिनाको पहिलो साताभरि विभिन्न चेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको छ । 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हरेक वैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता गर्ने दिवस मनाउने गरेको भए पनि सार्वजानिक विदा पर्ने भएकाले बैशाख ०२ गते मनाउने गरिन्छ । 
नेपालमा २०३४ सालदेखि व्यक्तिगत घटना दर्ता गर्न सुरू गरिएको हो । सरकारले केन्द्रीय पञ्जीकरण विभाग नै गठन गरेर व्यक्तिगत घटना दर्ता गर्ने कार्य सुरू गरेको छ । नगरपालिकाले घटना दर्ताका लागि नगरपालिकाका सबै वडामा व्यक्तिगत घटना दर्ता अनलाइन सफट्वेरमै गर्न शुरु गरिसकेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रबराज आचार्यले समयमै घटना दर्ता गर्न चेतना बृद्धि संगै जिम्मेवार बनाउन विद्यालय भर्ना अभियानसंगै जन्मदर्ता अनिवार्य गर्न सन्देश दिने, हरेक वडामा सन्देश सहितको ब्यानर राख्ने, मिडियामा सन्देश प्रसारण गर्ने, माइकिङ गर्ने, वडा नंं ०१ मा शिविर संचालन गर्ने निर्णय भएको बताउनुभयो ।
नागरिकलाई ज्ञान भएर पनि समयमा घटना दर्ता नगर्ने चलन रहेको छ । राज्यलाई थोरै भएपनि जरिवाना तिर्नु राम्रो नभएकोले समयमै घटना दर्ताका लागि जिम्मेवार बनाउन आवश्यक रहेको आचार्यले बताउनुभयो । 
 
वडा सचिव र पत्रकार सहभागी रहेको कार्यक्रममा दलित र राजी समुदायका बालबालिकाको जन्म दर्ता भने समयमै हुने गरेको जनाइएको छ । कार्यक्रममा सहभागी वडा सचिवले इन्टरनेट नियमित नहुंदा अनलाइन दर्तामा समस्या हुने गरेको गुनासो गरेका थिए । कार्यक्रममा ब्यक्तिगत घटना दर्ताका लागि भएका व्यवस्थाबारे पनि छलफल भएको थियो ।
 
व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापना गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ । समयमै व्यक्तिगत घटना दताए नभएकै कारण मानिस आफेनो अधिकारबाट बञ्चि भएका उदाहरण धेरै छन् । त्यसैले समयमै घटना दर्ता गरौं र गर्न लगाऔं ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार