News & Events»
प्रवासी नेपालीद्धारा स्वर्गिय करण थापाका परिवारलाई ५० हजार आर्थिक सहयोग हस्तान्तरण

 टीकापुर २६ बैशाख, 

टीकापुर २ सितापुरका स्वर्गिय करण थापाका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरीएको छ । कामको शिलशिलामा यूएईमा बस्ने टीकापुरका नागरिकहरुबाट संकलन गरेको ५० हजार रुपैया थापाका परिवारलाई हस्तान्तरण गरिएको हो । 
टीकापुरस्थित थापाकै घरमा गएर टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल र यूएईमा गठित टीकापुर यूथ ग्रुपका उपाध्यक्ष राजेश विष्टले संयूक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । 
रकम हस्तान्तरण गर्दै नगर प्रमुख रावलले यो सानो सहयोगले पीडितको घाउमा मलहम लगाउने काम भएको भन्दै सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो ।
यूथ ग्रुपका उपाध्यक्ष विष्टले केही मात्रामा भएपनि पीडितलाई राहत पुगोस् भनि यो काम गरेको बताउनु भयो ।
थापाकी आमा तुलसी थापाले आर्थिक सहयोग गरेकोमा धन्यवाद दिदै आफ्नो छोराको हत्यारालाई कानुन बमोजिमको कारवाही गरिनुपर्ने माग गर्नुभयो । 
करण थापाको गएको फागुन १७ गते राति होलीको समयमा टीकापुरस्थित खुल्ला मैदानमा हत्या भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार