News & Events»
व्यापारिक दृष्टिले निकै महत्वपूर्ण मानिएको धनगढीको मोहनापुलदेखि अत्तरिया सम्मको ‘छ लेन‘ सडक

 धनगढी २६ बैशाख, 

व्यापारिक दृष्टिले निकै महत्वपूर्ण मानिएको धनगढीको मोहनापुलदेखि अत्तरिया सम्मको  ‘छ लेन‘ सडक निर्माण समयमै पूरा नहुने देखिएको छ ।
  दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी गतवर्ष जेठ महिनामा निर्माण कम्पनीसँग सम्झौता भएको उक्त सडकको निर्माणको एक वर्ष अवधि पुग्न लाग्दा झण्डै १२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
  सडक क्षेत्रभित्र बनाइएका घर लगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादका साथै बालुवा, ढुंगा, गिट्टी लगायतका नदीजन्य साम्रगी समयमा उत्खनन गर्न नपाइएको, चुनावको समयमा काम हुन नपाएको जस्ता कारण निर्धारित समयभित्र निर्माण हुन नसक्ने देखिएको मोहनापुल अत्तरिया सडक आयोजना कार्यालयका सव इञ्जिनियर भूपेन्द्र वडालले बताउनुभयो । 
निर्माण पूरा हुन तोकिएको समयभन्दा बढी समय लाग्ने देखिएको उहाँले बताउनुभयो ।
सडक क्षेत्रमा परेका घर लगायतका संरचना सर्वोच्च अदालतको आदेशपछि हाल सम्बन्धित घर धनीले भत्काएर सडक क्षेत्र खाली गरिहरहेका छन् । घर संरचना मुआब्जाबिना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका १३ घरधनीले मुद्दा दिएकोमा सर्वोच्च अदालतको आदेशपछि हाल त्यस्ता घर संरचना हटाउन थालिएको हो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार