News & Events»
जानकीगाउपालिका ९ अमरावतिमा नेपाल जातिय संङ्गग्राहालय मुल भवनको शिला न्यास,संस्कृति संरक्षेण

गीता चौधरी टीकापुर २६ बैशाख, 

जानकीगाउपालिका वडा नं. ९ अमरावतिमा  नेपाल जातिय संङ्गग्राहालय मुल भवनको शिला न्यास भएको छ । शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्रि दिर्घ सोडारी प्रमुख अतिथी रहनुभएको थियो । शिला न्यास कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रि दिर्घ सोडारीले पूरानो संस्कृतिलाई संरक्षण गर्नको लागि जातिय संङ्गग्राहलयको विकासमा आवश्यक रहेको बताउनु भयो । 

उहाले यो संङ्गग्राहलय प्रदेश नै ७ कै पहिचनाको रुपमा रहेकोले आगामी दिनमा आफ्नो तर्फबाट सहयोग गर्ने बताउनु भयो ।

विशिष्ट अतिथि प्रदेश सांसद रतनबहादुर थापाले नेपाल जातिय स्रंङ्गग्राहलयको विकासको लागि केन्द्र स्तरमा पनि पहल गर्न  आवश्यक रहेको बताउनु भयो । 

उहाले यो जातिय संङ्गग्राहलय सुदुर पश्चिकै चीनारी भएकोले र  यस ठाउमा पर्यटन भित्राउनको लागि पनि यसको विकासगर्न आवश्यक रहेको बताउनु भयो । 

जानकीगाउपालिका अध्यक्ष प्रदिप कुमार चौधरीले यो जानकीगाउपालिकाको सम्पत्ति भएकाले यसको संरक्षण गर्नलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

 पूर्व सांसद गरिमा शाहले नेपाल  सरकारको कानुन अनुसार जातिय संग्राहलयको   स्थापना भएको जानकरी गराउनु भयो । 

उहाले भोलीको दिनमा आउने सन्ततीलाई हाम्रो संस्कृतिको बारेमा जानकारी गराउनका लागि पनि यसको विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाले पर्यटन भनेको आम्दानीको स्रोत पनि यसको  विकास गर्नु पर्ने बताउनु भयो । 

कोषध्यक्ष लालबहादुर थापाले स्वागत गर्नु भएको कार्यक्रममा जातिय  संग्राहलयको सचिव तीर्थराज उपाध्यायले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा मन्त्रि ,सांसद पत्रकारहरुको पनि उपस्थिति रहेको  थियो । 

सांसद गरिमा शाहको पहलमा २०७१ साल मंसिरमा विभिन्न जातिको संस्कृति संरक्षण गर्ने उदेश्यले  स्थापना भएको नेपाल जातिय संग्राहलयमा यस भन्दा अघि पुरातत्व विभाग र नेपाल पर्यटन र्बोडको आर्थिक सहयोगमा प्रदशी कक्ष, डगौरा थारु घर, थारुको देउता राख्ने मरुवा, घेरबार पर्खाला निर्माण , टिकट घर निर्माण भईसकेका छन् । भने पहाडी घर निर्माणधिन अवस्थामा रहेको छ । यस संग्राहलयमा कठरीया घर, राजी घर, बडीमालिका मन्दिर,  विभिन्न जातिको संस्कृति झल्कने प्रदशनी राख्ने हिमाल, झरना लगायको निर्माण गर्ने यो संग्रहालयको गुरु योजना रहेको छ । र यसको निर्माण योजना गुरु योजनाको रुपमा अगाडी बढीरहेको छ । 

ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार