News & Events»
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

 टीकापुर २७ बैशाख, 

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीको तेस्रो वार्षिक साधारण सभा  टीकापुरमा  सम्पन्न  भएको छ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका अध्यक्ष नारायण विकको अध्यक्षतामा भएको  सभा उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सामी परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले  आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको सहयोग तथा पहलमा वैदेशिक रोजगारमा  हुने ठगी न्युनीकरण भैरहेको बताउनु भयो  ।   
सबै सँग हातेमालो गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले सक्रियताका साथ काम गर्दै गाँउ टोलमा  हुने वैदेशिक रोजगारको समस्या उजागर गरि सहयोग गर्नु पर्ने बताउनु भयो । यसको लागि वडा तह तथा नगर स्तरिय कमीटिले काम गर्दै जानु पर्ने बताउनु भयो ।
संचार प्रतिष्ठान नेपालका जिल्ला संयोजक एकिन्द्र तिमिल्सनाले सहि सुचनाको लागि सचेतना हुनु पर्ने बताउनु भयो । उहाँले संचार प्रतिष्ठान र सामी परियोजना सधै सहकार्य गर्दै जाने र वैदेशिक रोजगारीका लागि सरकारले पनि प्रदेशस्तरमा सेवा सुविधा विस्तार  गर्दै  व्यवस्थित हुदै गएको बताउनु भयो ।  अब स्थानिय तहको समन्वयमा रहदै काम गर्नु पर्ने भएकोले समस्या नहुने बताउनु भयो । 
  संचार प्रतिष्ठानका कृष्ण विकले  वैदेशिक रोजगारमा हुने ठगीलाई  स्थानिय तहले व्यक्तिगत घटनाको रुपमा लिइरहेकोले  समस्या रहेको बताउनु भयो ।  
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको सहयोगले २५ जनाबाट  ३९ लाख, ८४ हजार रुपैया क्षतिपुर्ति दिलाउन सफल, २१ जनाको पासपोर्ट फिर्ता, १ जनालाई सम्झौता बमोजिम तलब उपलब्ध लगाएत जनचेतना मुलक कार्यक्रम, अभिमुखिकरण कार्यक्रम रोजगारमा जानेलाई सुचना प्रवाह गरि लागत खर्चमा न्युनीरकण  गरेको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार