News & Events»
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि तालिम समापन

 टीकापुर २७ बैशाख, 

टीकापुरमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुका लागि  क्षमता अभिवृद्धि  तालिम समापन भएको छ । संचार प्रतिष्ठान कैलालीका उपाध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको  समापन कार्यक्रममा सहभागिले तालिमले वैदेशिक रोजगारमा हुने नयाँ निति तथा योजनाको बारेमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका थिए । 
कार्यक्रममा   आप्रवासी कामदार हकहित संरक्षण केन्द्र  टीकापुरका अध्यक्ष  धन बहादुर बुढाले  नयाँ सरकारको गठन र  वैदेशिक रोजगारको नयाँ नितीनियमको बारेमा जानकारी पाउदा उपलब्धीमुलक रहेको बताउनु भयो.। 
जानकी गाँउपालिका आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका सुन्दरी चौधरीले अहिले सम्म वैदेशिक रोजगारमा जाने व्यक्ति पनि  विचौलियाको भरमा धेरै लागतमा जाने भएकाले अव सुरक्षित बैदेशिक रोजगार बनाउन गाँउघर छरछिमेकका सरसल्लाहा गरी जनचेतना फैलाउनु पर्ने बताउनु भयो ।  
 श्याम देवले वैदेशिक रोजगारका नाममा अहिले पनि ठगी भैरहेको हुनाले विचौलियाको कार्यलाई रोक्नु पर्ने बताउनु भयो । उहाँले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले तालिममा आफनो तहमा  वैदेशिक रोजगारलाई सुरक्षित  योजनाको लागि बनाएको योजनागत खाकालाई कार्यान्वन गर्न सके राम्रो हुने बताउनु भयो ।
तालिममा टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, जानकी गाँउपालिका, बर्दगोरिया गाँउपालिकाका आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीको सहभागिता रहेको थियो  । २ दिन सम्म संचालन भएको तालिममा सामी परियोजनाका  जिल्ला संयोजक पञ्चराम चौधरी, संचार प्रतिष्ठानका जिल्ला संयोजक एकिन्द्र तिमिल्सिना, संचार प्रतिष्ठानका  कृष्ण विक, मुकेश चौधरीले प्रशिक्षण तथा सहजीकरण गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार