News & Events»
लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम सम्पन्न, अधिकार कार्यान्वयनका लागि पहल गर

 टीकापुर २८ बैशाख,

अधिकार पाउन संघर्ष गर्नुपर्ने भएकोले पाएको अधिकार कार्यान्वयनका लागि पहल गर्न जरुरी रहेको टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडाअध्यक्ष दिर्घ ठकुल्लाले बताउनुभएको छ । ठकुल्लाले टीकापुर ९ झुंगामा सम्पन्न भएको लैगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
ठकुल्लाले नेपालमा २०६३ सालमा अन्तरिम संविधानमा समावेशीका कुरा स्थापित भएपछि महिला सहभागिता बढेको बताउंदै विभेद विरुद्ध आवाज पनि बढी उठ्न थालेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष रामलाल डगौरा थारुले वडा तहमा पनि लैगिक विभेद न्यूनिकरण र समान व्यवहार कार्यान्वयनका लागि योजना र कार्यक्रम तय गर्ने बताउनुभयो ।
वडा सदस्इ भरत साउंदको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पूर्ण चौधरी, सेति मैया मावि झुंगाका प्रधानाध्यापक पतिराम चौधरी, सहभागीका तर्फबाट निभा चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा सचिव लोकबहादुर बुढाले संचालन गर्नुभएको थियो ।
टीकापुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा भएको तालिममा ३५ जना महिला सहभागी थिए । तालिममा लैगिक समानता, लैगिंक हिंसा, हिंसाका कारण महिलाले भोग्नुपरेका समस्या, नेपालमा महिलाको अवस्था, सामाजिक समावेशीकरणको अवस्थाबारे जानकारी दिइएको छ । तालिमलाई टीकापुर नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत रन्जु आचार्य र पत्रकार दुर्गा देवकोटाले सहजीकरण गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार