News & Events»
वडाका नागरिकलाई सुरक्षित बैदेशिक रोजगारीबारे जानकारी

 टीकापुर ३१ बैशाख, 

टीकापुर नगरपालिका वडा नम्बर ४ को आयोजनामा बैदेशिक रोजगारमा गएका परिवारका सदस्यलाई अस्नेहरीमा सचेतना कार्यक्रम भएको छ ।
कार्यक्रममा वडा नम्बर ४ बाट बैदेशिक रोजगारमा गएका परिवारका सदस्य सहभागी थिए । सहभागीलाई नेपालमा बैदेशिक रोजगारको अवस्था, अवसर, चुनौति, विदेशमा युवाहरुले भाुग्नु परेका समस्या, परिवारको दायित्व, नेपालको बैदेशिक रोजगार सम्वन्धी नीति सम्वन्धमा जानकारी दिइएको छ । 
एक दिनको कार्यक्रमको समापनमा वडा नम्बर ४ का अध्यक्ष लालबीर चौधरीले युवाहरको पलायन रोक्न र युवाशक्तिलाई उत्पादनशील कार्यमा लगाउन आजको आवश्यकता भएको बताउनु भयो । उहाले बैदेशिक रोजगारलाई कसरी सुरक्षित गर्ने र रेमिट्यान्सको सदुपयोगका बारेमा कार्यक्रमले सहयोग पुर्याउनेमा विश्वास गर्नुभयो । कार्यक्रममा बैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरु र विदेशबाट फर्केका युवाहरु सहभागी थिए ।
कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम कैलालीका कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिना र अधिकृत कृष्ण विकले सहजीकरण गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार