News & Events»
टीकापुर नगरका पशु पालक किसानलाई घाँसको बिउ औषधी वितरण तथा खोर व्यवस्थापनको लागि सहयोग

 टीकापुर ३१ बैशाख, 

पशु पालन व्यवसायमा आवद्ध भई जिविकोपार्जनको सहयोयको  पु¥याउनको लागि तथा पशुपालक किसानलाई व्यवसायीक  बन्नको  स्थानिय तहको वडास्तरमा अनुदान  तथा सहयोगको कार्यक्रम संचालन भैरहेको छ । टीकापुरनगरका वडा नं. १का पशु पालक किसानलाई घाँसको बिउ, औषधी वितरण तथा खोर व्यवस्थापनमा सहयोग प्रदान  गरेको छ ।
टीकापुर नगरपालिका वडा नं. १का पशु पालक किसानलाई घाँसको बिउ तथा पशुको आन्तरिक तथा बाह्रय परजिवीको औषधी  वितरण तथा खोर व्यवस्थापनको लागि  आर्थिक सहयोग  प्रदान गरिएको छ ।
टीकापुर नगरपालिकाको वडा नं. १ को सहयोगमा टीकापुर क्षेत्रमा व्यवसायिक रुपमा पशु पालन गर्दै आएका कृषक तथा मिलीजुली बाख्रा पालन समितिका सदस्यलाई गाई भैसीको व्याकेज अन्र्तगत टीओसेन्टी, बाजरा, सुदान जातको घाँस, मिनरल ब्लक, आन्तरिक तथा बाह्रय परिजिवीको औषधी वितरण तथा बाख्रा पालनको खोर व्यवस्थापनको लागि नगद २ हजार ७ सय ५० रुपैया  प्रदान गरेको छ ।  
मिलीजुली बाख्रा पालन समितिका अध्यक्ष कौशल्या देवी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगरपालिका वडा नं. १का वडा अध्यक्ष गंगाराम आचार्यले जनप्रतिनिधि आएपछि जनतालाई सहयोग गर्ने कार्य  भैरहेको हुदा  नयाँ संरचनामा जनप्रतिनिधीहरुले कृषिमा एकरुपता गर्दै किसानको हितमा काम गर्ने बताउनु भयो । उहाँले अहिले जग्गा खण्डीकरण भैरहेको अवस्थामा  कम जग्गामा कृषि गरेर जिविकोपार्जन गर्न सकिने बताउनु भयो ।
कर्णाली व्यवसायीक भैसी पालन समुहका अध्यक्ष ललित थापाले  कृषि पेशा लाभ लिने नभई सेवाको रुपमा रहने भएकोले राज्यले टेवा पु¥याउनु पर्ने बताउनु भयो । कृषिको व्यवसायिकताको लागि आधुनिकीकरण गर्नु पर्नै र यसका लागि किसानलाई सहुलिएत ऋणलाई अनुदानको रुपमा दिनु पर्ने र बैङ्किक क्षेत्रले सहज र सरल रुपमा किसनालाई कर्जा दिनु पर्ने बताउनु भयो ।  
वृहत्तर गाई पालन स्रोत केन्द्रका अध्यक्ष चक्र बहादुर वटालाले उत्पादित कार्यमा ध्यान नदिदा प्रगति नहुने बताउनु भयो । कृषि क्षेत्रको वजेट छरिएर जाने भएकाले किसानले सेवा लिन नसकेको बताउदै अब उत्पादकत्व वृद्धि गर्नु पर्ने बताउनु भयो । 
जमरा गाई भैसी पालन समुहका अध्यक्ष गणेश बहादर कठायतले जिविकोपार्जन र लगानीको सदुपयोग गर्ने नाममा वडाले प्रदान गरेको  बाख्रालाई काटेर खाने कार्य रोक्नु पर्ने बताउनु भयो । स्थानिय तह तथा राज्यले अहिले पनि किसानलाई उपेक्षित गरिरहेको हुनाले अव वितरणमुखी कार्यक्रम गर्नु नहुने बताउनु भयो । 
मिलिजुली बाख्रा पालन समितिका सरिता चौधरीले स्वागत गर्नु भएको कार्यक्रम संचालन पशु सेवा केन्द्र टीकापुरका प्रमुख हरि राम चौधरीले गर्नु भएको थियो ।  टीकापुरको वडा नं. १ ले मिलीजुली बाख्रा पालन समुहलाई ३ लाख, एकल महिला उत्थान मञ्च र एकल महिला सशक्तिकरण समुहलाई डेढ ÷डेढ लाख, पशु पालक किसानलाई २ लाख ५० हजार रकम विनियोजन गरेको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार