News & Events»
टीकापुरनगरपालिका वडा नं. १ वडास्तरको कृषि कार्यमा साना किसानलाई समेट्न नसकेको किसानहरुको गुना

 टीकापुर ०१ जेठ, 

टीकापुरनगरपालिका वडा नं. १ का किसानहरु वडास्तरको  कृषि कार्यमा साना किसानलाई समेटन नसकेको गुनासो गरेका छन् । रेडियो कार्यक्रम हाम्रो कृषिको कृषक तथा सरोकारवाला सँगको छलफल कार्यक्रममा उनीहरुले वडा नं. १ मा  वडास्तर तथा रानी जमरा कुलरिया सिचाई आयोजनाको कृषि कार्यक्रममा सबै किसानलाई समेटन नसकेको बताएका हुन् । 
कृषक समन्वय समिति  वडा नं. १ टीकापुरका अध्यक्ष जीत बहादुर चौधरीले टीकापुरको वडा नं. १ मा छाडा पशुले समस्या निम्ताएका भन्दै यस वर्ष विजवृद्धि खेतीलाई विस्तार गर्न नसकेको बताउनु भयो  ।  उहाँले विकास निमार्णको कार्यले कुलाको संरचना विगारने कार्य भैरहेकोले सिचाईमा समस्या हुदै गएको बताउनु भयो ।  वडास्तरबाट च्याउ खेतीलाई पहिलो प्राथमिकता दिएको भए पनि खाद्यन्नबालीमा कुनै वजेट नभएको  र समुहगत वजेट विनियोजना भएकाले साना किसानलाई समेटन नसकेको बताउनु भयो ।
 किसान नरेश रावलले  लक्षित क्षेत्रलाई निर्धारण गरि विजवृद्धि खेती गर्नु पर्ने बताउनु भयो । उहाँले किसानको उन्नती प्रगतिको लागि कृषिमा विना धितो ऋण  पाए मात्र किसानले कृषिमा आधुनिकीकरण  गर्न सक्ने बताउनु भयो । 
कृषक मान बहादुर चौधरीले वडाीस्तरको तरकारीको ब्लक प्रर्दशन कार्यक्रम पार्टीगत रुपमा वितरण गर्न नहुने बताउनु भयो । 
कृषक सिता चौधरीले  तरकारी उत्पादन गरि हाट बजारमा बेच्ने गरेको बताउनु भयो । सिजनमा एकै किसान धेरै परिमाणमा तरकारी उत्पादन गर्ने तर सबै बिक्री नहुने बताउदै , हाट बजारबाट बिक्री नभएको तरकारीको व्यवस्थापन गर्न आग्रह गर्नु भयो । 
कार्यक्रममा  टीकापुर नगरपालिका कृषि शाखा प्रमुख गौरी शंकर गुप्ताले  निर्वाहमुखी खेतबाट व्यवसायिक खेती तर्फ किसान उन्मुख भैरहेकोले किसानको प्रगति उन्नती हुदै गैरहेको बताउनु भयो । 
 रानी जमरा कुलरिया सिचाई आयोजना कृषि तर्फका कोडिनेटर कुल प्रसाद तिवारीले  सिचाई प्रणालीको काम हुदै गएकोले भुमिगत सिचाई अतिआवश्यक नभएको बताउनु भयो । उहाँले  आयोजनाको दोस्रो चरणको कार्यक्रममा क किसानको वर्गीकरण गरि प्रतिफलमा आधारित सहयोग रहने र कृषि उत्पादकत्व बढाउदै तेस्रो चरणको कार्यक्रममा कृषि उद्योगको  विस्तार हुने बताउनु भयो । यसको लागि किसानलाई कृषिमा जागरुक बनाउने कार्य भैरहेको  बताउनु भयो । 
 वडा नं. १ का वडा अध्यक्ष गंगा राम आचार्यले सबै किसानलाई समेट्दै कृषक समुहलाई समेट्दै आगामी कृषि  उत्पादन तथा किसानको जिविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रममा सहयोग रहने बताउनु भयो । 
 रानी जमरा कुलरिया सिचाई  आयोजना कृषि तर्फको सहयोगमा  तथा सामुदायिक रेडियो टीकापुर एफएमको आयोजनामा भएको कार्यक्रममा किसान सुर्या भट्टराई, राज कुमारी चौधरी, मिना देवी थारु, बिर बहाुर चौधरी, पार्वती चौधरी,  लगाएतले जिज्ञासा तथा सुझाव  राख्नु भएको थियो ।  कार्यक्रममा वडा नं. १क किसानको सहभागिता रहेको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार