News & Events»
जमरा कुलोको प्रशाखा कुलाका पानी नहुंदा किसान समस्यामा, कुला सरसफाइले ढिलो भएको जमरा कुला अध्यक्

 टीकापुर २३ जेठ, 

जमरा कुलाको शाखा कुलामा पानी नआउदा किसानहरु समस्यामा परेका छन् ।  धानखेती गर्ने समय नजिकिदै गर्दा समेत जमरा कुलाका शाखा कुलामा पानी नआउदा किसानहरु समस्यामा परेका हुन् । समयमा कुलामा पानी नआउदा धानको बेर्ना राख्न नसकेको, बाँझो खेत जोत्न नसकेको र सुख्खा भएर तरकारी सुकेको बनगाँउ बिचका पुरुवाका बड्घर बीर बहादुर चौधरीले बताउनुभयो । 
जमरा कुलोमा पानी भएपनि प्रशाखा कुलामा पानी संचालन हुन सकेको छैन् । प्रशाखा कुला मार्फत किसानले पानी खेतवारीमा प्रयोग गर्ने गरेका हुन्छन तर किसानको खेतसम्म पुग्ने कुलोमा पानी पुगेको छैन । प्रशाखा कुलोमा पानी नआउदा यसवर्ष खेती ढिला हुने किसानले बताएका छन् । यसबर्ष खेति ढिलो हुने हुंदा उत्पादन घट्ने आंकलन गरिएको उत्तरपुरुवाका बड्घर जीत बहादुर चौैधरीले बताउनु भयो । 
टीकापुर बजारसँगै बग्ने जमराको शाखा ज्ञानी कुलो र त्यसका प्रशाखा कुलो बनगाँउको उत्तर र बिचपुरुवाको कुलो विभिन्न कारणले अतिक्रमणमा परि साँघुरिएको छन् । जमरा कुलोको १५ वटा शाखा तथा प्रशाखा रहेको कुलामा पानी प्रयोग गर्ने किसानलाई प्रर्याप्त  पानी पु¥याउन वडातहबाट यसवर्ष शाखा तथा प्रशाखा कुला सरसफाईका कार्य भएका छन् । 
जमरा कुलोको पानी शाखा तथा प्रशाखा कुलो मार्फत करिव चार हजार ९ सय हेक्टरमा पानी पु¥याउने गरिन्छ । धेरै क्षेत्रफलमा पानी पु¥याउनका लागि कुला सरसफाइ भएको र विभिन्न स्थानमा कल्भर्ट तथा पुलपुलेसा भएको स्थानमा थुप्रिएकोले माटो पन्छाई २ दिनमा सबै शाखा तथा प्रशाखा कुलामा पानी छोड्ने जमरा कुला समितिका अध्यक्ष लालबिर चौधरीले बताउनु भयो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार