News & Events»
‘मेमोरी किङ अफ द वल्र्ड’ नामले परिचित अर्पण शमाद्वारा टीकापुरका विद्यार्थीलाई पढ्ने तरिकाबारे

 टीकापुर २३ जेठ, 

‘मेमोरी किङ अफ द वल्र्ड’ नामले परिचित अर्पण शर्माले टीकापुरका बिद्यार्थीलाई पढ्ने तरिका सिकाउनुभएको छ । विद्यार्थीले घोकेर पढ्नुभन्दा सम्झनाका लागि तस्बिर तयार गरे सम्झन सजिलो हुने उहांले बताउनुभयो । नेपालको शिक्षा नीति प्रति असन्तुष्टि पोख्दै अर्पणले नेपालमा प्रयोगात्मक नभएर घोकाएर पढाउने प्रचलन भएका कारण बिद्यार्थीलाई समस्या भएको बताउनुभयो  ।
हरेक मानिससंग क्षमता हुने बताउंदै क्षमता प्रयोग गर्दा तरिका नमिल्दा मेहनत खेर जाने गरेको उहांले बताउनुभयो । शर्माले चिल्लो ठाउ“मा क्यालेण्डर झुण्ड्याउन दिने अनी सकेन भनेर गाली गर्ने शिक्षा नै विद्यार्थीका लागि समस्या भएको बताउनुभयो ।
सेमिनारमा युवा उत्प्रेरक डाक्टर नबिन शर्माले विद्यार्थीले जीवन कसरी उपयोगी बनाउने बारेमा जानकारी गराउनुभएको थियो । अर्पण शर्माले एक मिनेटमा ४२ वटा बस्तुको नाम याद गरेर बिश्व किर्तीमान कायम गर्नुभएको हो । १५ बस्तु याद गरेर शुरु भएको कृतिमान, २० बस्तु, ३१ बस्तु हुदै ४० बस्तु भारतका एक व्यक्तिले याद गरेर आफ्नो नाममा कृतिमान राखेका थिए भने त्यहि कृतिमान तोडेर अपर्णले आफ्नो नाममा गर्नुभएको हो । सेमिनारको आयोजना नेपाल बिद्यार्थी संघ टीकापुर बहुमुखी क्याम्पस इकाई समितिले गरेको हो । 
सेमिनारको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले विद्यार्थी संगठनले ढुंगा टायर बाल्ने काम गर्नुभन्दा बौद्धिक खुराक प्राप्त हुने कार्यक्रम संचालन गरेर बिद्यार्थीलाई सहयोग गर्न सुझाव दिनुभयो । कार्यक्रममा स्वागत तरुण दलका क्षेत्रीय अध्यक्ष रामबहादुर भण्डारीले गर्नुभएको थियो भने संचालन टीकापुर बहुमुखी क्याम्पसका स्वबियु उपसभापति तथा कार्यक्रम संयोजक भक्तराज देबकोटाले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार