News & Events»
नेपाली कांग्रेस कैलालीको जिल्ला सम्मेलन, पार्टीलाई अन्तर्घातबाट मुक्त गरेर मात्रै बिश्राम लिन

 धनगढी २५ जेठ, 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गरेर मात्रै विश्राम लिने बताउनुभएको छ । धनगढीमा नेपाली कांग्रेस कैलालीको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले कांग्रेसलाई अन्तर्घातीहरुले सिद्धाउन थालेको बताउनुभयो । 
कृष्णप्रसाद भट्टराईलाई हराएदेखि कांग्रेसमा अन्तर्घातको रोग लागेको बताउंदै यो क्रम अहिले पनि जारी रहेको बताउनुभयो । उहांले अब यसरी पार्टी नचल्ने बताउंदै आफू अन्तघार्तबाट मुक्त कांग्रेस बनाएर मात्रै बिश्राम लिने बताउनुभयो । 
उहांले प्रष्ट शब्दमा पार्टीमा अन्तघार्त कायमै रहे कांग्रेस पार्टी भंग गरिदिए पनि हुने बताउनुभयो ।  
पार्टीभित्र एक से एक क्षमतावान नेताहरु रहेको बताउंदै तर टिकट त एक जनाले मात्रै पाउन सक्ने बताउंदै टिकट पाएन भन्दैमा हराउन लाग्ने कार्य गलत हो भन्नुभयो ।
उनले यस्ता अन्तर्घातीहरुको पार्टीमा काम नभएको बताउदै चाहे जोसुकै भएपनि कारवाही गरेर पार्टीलाई अन्तर्घातबाट मुक्त बनाउने बताउनुभयो । 
देउवाले अन्तर्घातीहरुकै कारण कांग्रेसले २५ देखी ३० सिट गुमाएको दावी गर्नुभयो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार