News & Events»
समाधान न्यूज दैनिकको भजनीमा शाखा कार्यालय उद्घाटन

 टीकापुर २५ जेठ, 

समाधान न्यूज दैनिकले भजनीमा शाखा कार्यालय उद्घाटन गरेको छ । दैनिकका व्यवस्थापक राजेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् भजनी नगरपालिका नगर उप–प्रमुख छायाँ देवकोटाले जनप्रतिनिधिहरु नगरपालिका र समुदायको कामप्रति जिम्मेवार रहेको बताउनुभयो । उपप्रमुद देवकोटाले नगरपालिका आगामी वर्षको नीति तथा कार्यक्रमको लागि तयारीमा रहेको बताउंदै समुदायको हित हुने खालका योजना छनौट गर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका कैलाली जिल्ला उपाध्यक्ष दुर्गा देवकोटाले सञ्चार र सूचनाको क्षेत्रमा पछि परेको भजनी नगरपालिकामा समाधान न्यूज दैनिकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै भजनी क्षेत्रको समसामयिक विषयवस्तुमा रही समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिक्रम चौधरीले पत्रकारिता निष्पक्ष र सहज हुनुपर्ने भन्दै सुनेको भरमा मात्र नभई सत्य–तथ्य कुरालाई बाहिर ल्याउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश पार्षद जयबहादुर बुढाले जनताको सुरक्षाका लागि खटिएको प्रहरी हतियारको सिपाही भएजस्तै पत्रकार कलमको सिपाही भएको बताउनुभयो । उहांले भजनी क्षेत्रमा खोज पत्रकारिता र विकास पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेका पत्रिका हुंदाहुंदै नगरपालिकाले सूचना सम्प्रेषणमा स्थानीय पत्रिकाभन्दा बाहिरका पत्रिकालाई विशेष प्राथमिकतामा राखेको गुनासो गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय भजनीका प्रमुख राजेन्द्र बहादुर चन्द, सशस्त्र प्रहरी बल भजनीका प्रमुख नरेन्द्रबहादुर बोहरा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भजनी उद्योग वाणिज्य संघका महासचिव नैनबहादुर चौधरी लगायतको सहभागिता रहेको थियो । समाधान न्यूज दैनिकका कम्प्युटर अपरेटर नारायण चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक झलनाथ खनालले गर्नुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार